Madhes Khabar
लुम्बिनी प्रदेश

पाल्पामा स्कार्पियाे जीप दुर्घटना हुदाँ एकै परिवारका ६ जनाकाे मृत्युु

रूपन्देही,६कार्तिक: पाल्पाको रानीमहल तानसेन सडकखण्डको बैकुण्ठ भिरमा आइतबार साँझ स्कार्पियो जीप दुर्घटना हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।

७ जना सवार बागमती प्रदेश ०१–०२६ च ७२०९ नंबरको स्कार्पियो जिप आइतबार साँझ करिब ५ बजेतिर दुर्घटनामा परेको हो । जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्युु भएको हाे ।मृतकहरु एकै परिवारका हुन्। दुर्घटनामा चालक गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं १६ रजहर का ६५ वर्षीय कृष्णबहादुर लोहनी, उनकी श्रीमती ५५ वर्षीया पार्वती लोहनी ,उनकी आफन्त ५५ वर्षीया चुना धिताल, बुहारी ३५ वर्षीया सविना धिताल, नाती ११ वर्षीय सोविस लोहनी र साढे २ वर्षका अर्का एक बालक रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर जिपका चालक ३६ वर्षीय ईश्वर बहादुर लोहनी गम्भीर घाइते छन्। उनी मृतक लोहनीका छोरा हुन् ।

घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट, जिल्लाबाट गएको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएका थिए । रानीमहल जाँदै गरेको जिप बैकुण्ठे पहाडबाट बराङ्दी जाँदै गरेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच रहेकाले उद्धारमा कठिनाइ भएकाे थियो ।

पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार दुर्घटनास्थल सदरमुकाम तानसेनदेखि ११ किलोमिटर टाढा पर्छ ।

‘सबै मेरा छिमेकी हो, सबैलाई म चिन्छु। केही समयअघि मात्रै बिदेशबाट फर्केका लोहनीको परिवार शनिवार गुल्मीको रिडी र पाल्पाको रानीमहल घुम्न जाने भन्दै त्यता जानुभएको हो’पूर्वीनवलपरासीको देवचुली नगरपालिका वडा नं १६ का अध्यक्ष केशवराज गौतमले बताए।

घाइते ईश्वर लोहनीको जिल्ला अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरु रानीमहल अवलोकन गरेर फर्कने क्रममा तानसेन नगरपालिकाको बैकुन्ठे छाँगोमा दुर्घटनामा परेका हुन् ।

प्रहरीका अनुसार दुर्घटनास्थल अप्ठ्यारो भिर रहेको र जीप बराङदी खोलाको खोँचमा झरेकोले प्रहरीलाई समयमै उद्धारमा समेत कठिनाई भएको थियो।

सडकबाट झण्डै एकसय मिटर तल छाँगोबाट खसेको जिप खोलाका ढुंगामा बजारिएर क्षतविक्षत भएको छ।

Related posts

कपिलवस्तुको महाराजगञ्जमा दुई फरक धर्मका समुदायबीच झडपभएपछि लगाइयाे निषेधाज्ञा

MadhesKhabar

सर्पले डस्दा दाजुभाइसहित ४ जनाको मृत्यु

MadhesKhabar

तीजको नाचगानमा विवाद हुँदा कुटपिटबाट एक युवकको मृत्यु

MadhesKhabar

Leave a Comment