Madhes Khabar
मधेस प्रदेश

वीरगन्जमा उधोग विभाग र पर्यटन कार्यालय स्थापना गर्ने प्रदेश सरकारको निर्णय

मधेसखबर
वीरगन्ज,१६ साउन :मधेस प्रदेश सरकारले वीरगन्जमा उधोग विभाग र पर्यटन कार्यालय खोल्ने भएको छ।

जनकपुरमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले
पर्सा जिल्लाको बीरगन्जमा उद्योग विभाग स्थापना गर्ने र वीरगन्जमै पर्यटन कार्यालय स्थापना गर्ने निर्णय गरेको हो।यस्तै सिरहाको लहान र धनुषाको जनकपुरधाममा पनि पर्यटन कार्यालय स्थापना गर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।

यसका साथै जनकपुरधाममा हाल संचालनमा रहेको उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय पनि सोमबारको मन्त्रिपरिषद्को बैठकले गरेको छ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले यी तीन वटै निर्णय गरेको राउतका स्वकीय सचिव दिपक यादवले जानकारी दिए।

Related posts

जग्गा माग्दै सुकुम्बासीद्धारा सडकमै सुतेर प्रदर्शन

MadhesKhabar

लागूऔषध सेवन गरेपछि मोबाइलको विषयमा विवाद हुँदा साथीको हत्या

MadhesKhabar

वकिलहरुलाई कारबाहीको माग गर्दै जनकपुरमा पत्रकारहरूको धर्ना

MadhesKhabar

Leave a Comment