Madhes Khabar
अर्थतन्‍त्र

साउन २१ देखि पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्ने व्यवसायीहरुको चेतावनी

 

मधेसखबर
वीरगन्ज,१५साउन : ढुवानी भाडा बृद्धिको माग पुरा नभएको भन्दै पेट्रोलियम ढुवानी व्यवसायीहरुले साउन २१ गते देखि ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् ।बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नगरिंदा आफूहरुलाई नोक्सान भएको भन्दै व्यवसायीहरुले भाडा वृद्धि नभए पेट्रोलियम ढुवानी रोक्ने चेतावनी दिएका हुन् ।

पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोराद्वारा शुक्रबार जारी विज्ञप्तिमा ढुवानी भाडा समायोजनको माग पुरा गर्न निगमलाई आइतबार सम्म साँझसम्मको समय सीमा तोकिएको छ ।‘सञ्चालक समितिमा विचाराधीन भाडा समायोजनको मुद्दा आइतबारसम्म सम्बोधन नभए साउन २१ गतेबाट देशभरको पेट्रोलियम ढुवानी रोक्ने छौं,’ विज्ञप्तिमा भनिएको छ ।

 

आन्दोलित व्यवसायीले सोमबारबाट हवाई इन्धनको अग्रिम ढुवानी नेपाल आयल निगमले ढुवानी भाडा वृद्धिको माग पुरा नगरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी व्यवसायीले १६ गतेबाट हवाई इन्धनको पीडीओ (अग्रिम खरिद अनुमति) नलिने र ढुवानी रोक्ने जनाएका छन् ।

 

यस्तै २० गतेबाट सबै खाले इन्धनको पीडीओ (अग्रिम खरिद अनुमति) नलिने र ढुवानी रोक्ने तथा २१ गतेबाट देशैभरको पेट्रोलियम ढुवानी रोक्ने कार्यक्रम छ । व्यसायीहरुले शुक्रबार साँझ समयसीमा सहित आन्दोलनका कार्यक्रम घोषणा गरेको नेपाल आयल निगमले जनाएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्ययले निगम सञ्चालक समितिमा विचाराधीन उक्त विषयमा भएको आन्दोलनबारे जानकारी आएको बताए । ‘आन्दोलनका कार्यक्रम घोषणा भएको पत्र पाएका छौं,’ प्रवक्ता उपाध्ययले भने, ‘निगम सञ्चिालक समिमितमा विचाराधीन उक्त विषयमा निगमले अहिल्यै केही निर्णय गर्न सक्दैन् ।’

पेट्रोलियम पदार्थ जस्तो संवेदनशील वस्तुको ढुवानी रोक्नेसम्मको आन्दोलनका कार्याक्रमले जटिलता निम्त्याउने भन्दै निगमले व्यवसायीलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह पनि गरेको छ ।

 

गत चैतमा पनि व्यवसायीहरुले यस्तै माग राखेर संयुक्त आन्दोलन गरेका थिए । तर, आन्दोलित व्यवसायीहरु सत्तारुढ राजनीतिक दल सर्मथक व्यवसायीहरु भएका कारण स्थानीय निर्वाचनको मुखैमा भएकाले आन्दोलन रोक्ने सहमति भएको थियो ।

Related posts

राजश्व संकलनमा वीरगन्ज भन्सार सफल , सुख्खा बन्दरगाह भन्सार असफल

MadhesKhabar

पर्साका सरकारी कार्यालयहरुले ६७ करोड बढी बजेट खर्च नै गर्न सकेनन्

MadhesKhabar

वीरगन्ज नाका हुदैं एक वर्षमा २२ अर्बको धान,चामल र मकै विदेशबाट नेपालमा आयात

MadhesKhabar

Leave a Comment