Madhes Khabar
स्थानिय

सरोज चौरसीया वीरगन्ज जेसीसबाट सम्मानित

मधेसखबर
वीरगन्ज, १४ साउन : पर्साको जिराभवानी गाँउपालिकाका कार्यपालिका सदस्य सरोज चौरसीयालाइ वीरगन्ज जेसीसले सम्मानित गरेको छ ।ठोरी गाँउपालिका वडा नम्बर २ स्थित ठोरी जङगल रिसोर्टमा शनिबार बसेको वीरगन्ज जेसीसको छैठौ बैठकमा जेसीसका सदस्य समेत रहेका चौरसीयालाइ सम्मानित गरिएको हो ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा जिराभवानी गाँउपालिका वडा नम्बर २ को वडा सदस्य र गाँउकार्यपालिका सदस्यमा नेपाली काँग्रेसको उम्मेदवार भइ निर्वाचित भएका चौरसीयालाइ वीरगन्ज जेसीसले सम्मानित गरेको हो ।

बैठकमा वीरगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष गोपाल केडियाले चौरसीयालाइ वीरगन्ज जेसीसको तर्फबाट कदरपत्र प्रदान गर्दै सम्मानित गरेको वीरगन्ज जेसीस २०२२ का अध्यक्ष अमृत गौरोले जानकारी दिए ।

Related posts

रोहिंग्याहरुको घुसपैठ रोक्न नाकामा कडा निगरानी राख्न पर्साका जेनजी युवाहरुको माग

MadhesKhabar

पोखरीयामा सरकारी कार्यालयका शाखा स्थापनाका लागि काठमाण्डौ डेलिगेशन जाने निर्णय

MadhesKhabar

वीरगन्जको यातायात कार्यालयमा कर्मचारीको दादागिरी : सरुवा भएको कार्यालयमा जान मान्दैनन्

MadhesKhabar

Leave a Comment