बारा,१५बैशाख:बाराकाे विश्रामपुर गाँउपालिका वडा नम्बर ४ बलिरामपुरमा वडा कार्यालयकाे भवन निर्माण कार्य सुरु भएको छ।साेमबार मधेस प्रदेशका पूर्वमन्त्री तथा लाेसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र साेनलले वडा कार्यालय भवनकाे शिलान्यास गरेका छन्।
मधेस प्रदेश सरकारकाे २५ लाख रुपैयाँको लागतमा बलिरामपुरमा वडा कार्यालय भवन निर्माण गर्न थालिएको हाे।दुई काेठा,एउटा सभाकक्ष ,शाैचालय र भान्सा काेठा सहितको वडा कार्यालय भवन निर्माण गर्न थालिएको वडाध्यक्ष गाँउपालिका अध्यक्ष जुबेर अलि भट्टले जानकारी दिए।
शिलान्यास कार्यक्रममा कार्यवाहक वडाध्यक्ष लालझरी देवी,मदन यादव,राजु सिंह , उमेश चौहान , मनोज सिंह ,पन्नालाल चौहान,वडा सदस्य हरिचन्द्र साह ,सुर्यभान चौहान ,श्याम नारायण साह,अमित दास,उपेन्द्र साह,जयनारायण महतो , भोला साह लगायतकाेपनि उपस्थिति थियाे।

