Madhes Khabar
राजनीति

संघीयता खारेजीको माग गर्दै राप्रपाको प्रदर्शन

मधेसखबर
वीरगन्ज, १४ साउन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संघीयता खारेजीको माग गर्दै पोखरामा शनिबार विरोध प्रदर्शन गरेको छ ।

नागरिकता विधेयक, एमसीसी र संघीयता खारेजी लगायत २२ बुँदे माग राख्दै राप्रपाले पृथ्वी चोकमा १० मिनेट चक्काजाम समेत गरेको थियो ।

 

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागू नभएको र त्यसकै लागि पुनः सडकमा उत्रनु परेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए । ‘हामीले उठाएका माग सरकारलाई बुझाउन र दबाव दिन सांकेतिक रुपमा चक्काजाम गरेका हौं’, उनले भने ।

 

चक्काजामअघि आयोजित कोणसभामा बोल्दै राप्रपाको गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङले नागरिकता विधेयक खारेज नभए नेपालको राष्ट्रियतामा खतरा पर्ने दाबी गरे ।

राप्रपाले असार १ गते महंगी नियन्त्रण, किसानलाई समयमै मल, राष्ट्रियताको संरक्षण, संघीयता खारेजी लगायत माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको थियो । उक्त ज्ञापनपत्र बेवास्ता गरेको भन्दै रापप्राले यसअघि असार १७ गते देशैभरि मशाल जुलुस समेत गरेको थियो ।

Related posts

घरदैलोमा पुगेर जनताका समस्या पनि सुन्दै जसपा उम्मेदवार प्रदीप यादव

MadhesKhabar

जीतपुरसिमरामा राप्रपाको नगर अधिवेशनको तयारी तिब,उद्घाटन अध्यक्ष लिङ्देनले गर्ने

MadhesKhabar

बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

MadhesKhabar

Leave a Comment