Madhes Khabar
राजनीति

राष्ट्रियसभाबाट पनि नागरिकता विधेयक पारित भएको खुशीयालीमा वीरगन्जमा कांग्रेसद्वारा दीप प्रज्वलन

मधेसखबर
वीरगन्ज,१२साउन : नागरिकता संशोधन विधेयक २०७९ राष्ट्रियसभाबाट पनि पारित भएको खुशीयालीमा नेपाली कांग्रेसले वीरगन्जमा दीप प्रज्वलन गरेको छ।

बिहीबार राष्ट्रियसभाबाट नागरिकता संशोधन विधेयक पारित भएको खुशीयालीमा नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ को क्षेत्रीय कार्य समितिले घण्टाघर चोकमा साँझ दीप प्रज्वलन गरेको हो ।

दीप प्रज्वलन पछि आयोजित कोणसभामा बोल्दै कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले लामो समय देखि प्रतिक्षारत रहेको नागरिकता विधेयक संसद्को दुवै सदनबाट पारित हुदा मधेस मात्र नभइ सिङ्गो देश नै खुसी भएको बताए। उनले नागरिकताको समस्या मधेसमा मात्र नभइ पहाड र हिमालमा पनि भएकोले अब भने उक्त समस्याको समाधान हुने जिकिर गरे।
कांग्रेस नेतृत्वकै सरकारले अन्तत नागरिकताको समस्या समाधान गरेको भन्दै उनले यसले कांग्रेस मधेस, पहाड र हिमाल गरि पुरै देशको लागी सोच्ने र काम गर्ने पार्टी भएकाे पुष्टि गरेको दाबी पनि गरे।

कांग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिनको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेतृ शान्ति कार्की, क्षेत्रीय सचिव रन्जित पटेल, सहसचिव दिपक साह, पुर्व नगर सचिव मनोहर साह,युवा नेता दिलिपराज कार्की, हुकुम सिंह, हरेन्द्र यादव,नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी , कांग्रेस नेतृहरु किरण सरकार, मिन्टु सिंह लगायतको सहभागिता रहेको थियो।

Related posts

पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियाले बढाए चुनावी सकृयता

MadhesKhabar

जनकपुरमा एमालेकाे परिचयात्मक कार्यक्रममा पर्साका उम्मेदवारपनि भए सहभागी

MadhesKhabar

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयले भने : हारको डरले विपक्षीले फैलाएको ‘प्रोपागान्डा’ फैल भयो

MadhesKhabar

Leave a Comment