Madhes Khabar
राजनीति

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयले भने : हारको डरले विपक्षीले फैलाएको ‘प्रोपागान्डा’ फैल भयो

वीरगन्ज,१४ फागुनःपर्साको निर्वाचन क्षेत्र नम्बर ३ का नेकपा एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेयले आफ्नो जित सुनिश्चित हुदैं गएको देखेर विपक्षीहरु डरले आत्तिएको बताएका छन् ।

बिहीबार पोखरिया नगरपालिका वडा नम्बर ४ पोखरियामा आयोजित युवाहरुको भेलालाई सम्बोधन गर्दै एमाले उम्मेदवार पाण्डेयले उम्मेदवारण्ी खारेजीको प्रोपागान्डा चलाएर जनतामा भ्रम छर्ने काम विपक्षीहरुले गरिरहेको बताए । कसैले चाहदैमा वा दिवा सपना देख्दैमा आफ्नो उम्मेदवारी खारेजी नहुने भन्दै उनले भने , निर्वाचन आयोग र अदालत कसैको इशारामा चल्दैन । जुन कुरा आज अदालतले पनि सही साबित गरिदिसक्यो ।

उम्मेदवार पाण्डेयले हार्ने डरले सताएर आत्तिएका विपक्षीले जस्तो सुकै प्रोपागान्डा फिजाएपनि पर्सा क्षेत्र नम्बर ३ का जनता यसपालि बहकावामा नपर्ने दाबी गरे । उनले भने, विपीहरुलाई उनिहरुको कर्तुतको जवाफ पर्सा क्षेत्र नम्बर ३ का जनताले फागुन २१ गते आफ्नो मतबाट दिनेछन् । त्यसकारण त्यतिन्जेलसम्म धैर्य गर्नु होला ।

पर्सा क्षेत्र नम्बर ३ का जनताको यसपालिको जनचाहनासंगै भरोसापनि आँफुमाथि रहेको जिकिर गर्दै एमाले उम्मेदवार पाण्डेयले जनताले आफ्नो सुखदुखको साथी यसपालि रुपेश पाण्डेयका रुपमा पाउने बताए । क्षेत्रका हरेक गाँउ गाँउमा आँफु पगेर जनताको आवश्यकता र अपेक्षा बुझिसकेको भन्दै पाण्डेयले युवाहरुको बढ्दो जनहलर र उत्साहले पनि आफ्नो जित थप सुनिश्चित हुदैं गएको दाबी गरे । अहिले विपक्षीहरुले जनतामाझमा फैलाइरहेको झुठको प्रोपागान्डाको वास्तविकता बारे जनताको माझमा गएर स्पष्ट पार्न पनि उनले युवाहरुलाई आग्रह गरे ।

 

Related posts

आज ४ जना मन्त्री थप्दै प्रधानमन्त्री कार्की, को–को बन्दै छन् मन्त्री ?

MadhesKhabar

गठबन्धनमा लोसपाले ८ सिट लिने सहमति , पर्सा १ बारे छलफल जारी

MadhesKhabar

भ्रष्टाचारी मुख्यमन्त्री राउतलाई यसपालि हराउन जरुरी छ : उम्मेदवार सर्राफ

MadhesKhabar

Leave a Comment