Madhes Khabar
समाचार

पर्साको हरपुरबाट सालको काठ सहित दुइ जना पक्राउ

फाइल तस्वीर

प्रमोद यादव
पर्सा, १२ साउन : पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ८ हरपुरबाट प्रहरीले तस्करीको काठ सहित दुइ जनालाइ पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा हरपुरकै महेन्द्र राम र नगीना राम रहेका छन् ।

इलाका प्रहरी कार्यालय एकटांगाबाट प्रहरी वरिष्ठ नायव निरिक्षक कुल बहादुर कुवँरको नेतृत्वमा खटिएको प्रहरी टोलीले सालको एक थान गोलीया काठ र तस्करीमा प्रयोग गरिएको एक थान साइकल सहित दुवै जनालाइ पक्राउ गरेको हो ।

बढ्नियार स्थित राष्ट्रिय वनबाट सालको रुख कटान गरि पचरुखी बहुअर्वाको स–मिलमा लैजादै गरेको काठ सहित दुवै जनालाइ हरपुरबाट पक्राउ गरिएको कुवँरले बताए ।

काठ र साइकल सहित पक्राउ परेका दुवै जनालाइ आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय बढ्नियारमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

जनतालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

MadhesKhabar

वीरगन्ज–रक्सौल रुटका ई–रिक्सा र टांगा चालकहरुसंग सशस्त्र प्रहरीका एसपीले गरे छलफल

MadhesKhabar

पर्सा–४ मा उम्मेदवार रिजालको समर्थनमा नेपाली काङ्ग्रेसका युवाहरुको बैठक सम्पन्न

MadhesKhabar

Leave a Comment