Madhes Khabar
समाचार

पर्साको हरपुरबाट सालको काठ सहित दुइ जना पक्राउ

फाइल तस्वीर

प्रमोद यादव
पर्सा, १२ साउन : पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ८ हरपुरबाट प्रहरीले तस्करीको काठ सहित दुइ जनालाइ पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा हरपुरकै महेन्द्र राम र नगीना राम रहेका छन् ।

इलाका प्रहरी कार्यालय एकटांगाबाट प्रहरी वरिष्ठ नायव निरिक्षक कुल बहादुर कुवँरको नेतृत्वमा खटिएको प्रहरी टोलीले सालको एक थान गोलीया काठ र तस्करीमा प्रयोग गरिएको एक थान साइकल सहित दुवै जनालाइ पक्राउ गरेको हो ।

बढ्नियार स्थित राष्ट्रिय वनबाट सालको रुख कटान गरि पचरुखी बहुअर्वाको स–मिलमा लैजादै गरेको काठ सहित दुवै जनालाइ हरपुरबाट पक्राउ गरिएको कुवँरले बताए ।

काठ र साइकल सहित पक्राउ परेका दुवै जनालाइ आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय बढ्नियारमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

वीरगन्जमा बौलाहा कुकुरको आतंक : एउटै कुकुरको टोकाइबाट २० जना घाइते

MadhesKhabar

पर्साकाे ठाेरीमा भारतीय नागरिक मृत फेला

MadhesKhabar

ठाकुरराम क्याम्पसमा शुद्ध खानेपानीको व्यवस्था गर्छु : खानेपानी मन्त्री यादव

MadhesKhabar

Leave a Comment