
मधेसखबर
वीरगन्ज,०२साउन : बाराको सिम्रौनगढमा मालपोत र नापी कार्यालयको शाखा स्थापना गरि सन्चालनको माग गर्दै सिम्रौनगढका युवाहरुले जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाएका छन् ।
सिम्रौनगढका युवा सन्नी गुप्ताको नेतृत्वमा युवाहरुको एक समुहले सोमबार जिल्ला प्रशासन कार्यालय बारामा पुगेर प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाललाइ ज्ञापन पत्र बुझाएका हुन् ।
उनिहरुले सिम्रौनगढमा नापी र मालोपत कार्यालयको शाखा कार्यालय स्थापनाका लागि निर्णय भइसकेको भएपनि केहि लेखापढी व्यवसायीहरुले त्यसो हुन नदिन षडयन्त्र गरिरहेकाले त्यसको भत्र्सना पनि गरेका छन् । यदि सिम्रौनगढमा सरकारको निर्णय अनुसार मालपोत र नापी कार्यालयको शाखा यथाशिघ्र स्थापना गरि सन्चालन नगरिएको खण्डमा सिम्रौनगढवासी ती संस्था र व्याक्तिहरु विरुद्ध कडा संघर्षमा उत्रिने चेतावनी पनि युवाहरुले ज्ञापनपत्र मार्फत दिएका छन् ।
ज्ञापनपत्र बुझदै प्रजिअ कटुवालले सिम्रौनगढवासीको माग सम्बोधनका लागि आफुले माथिल्लो निकायमा पहल गर्ने आश्वासन दिएको ज्ञापनपत्र बुझाउन गएको टोलीमा सहभागी सिम्रौनगढका युवा सन्नी गुप्ताले जानकारी दिए ।

