Madhes Khabar
समाचार

प्रहरीको चेतावनी : कहि पनि बच्चा चोरी भएको छैन , भ्रम फैलाउनेलाइ कारबाही हुन्छ

मधेसखबर
वीरगन्ज ,२८ भदाैं : नेपाल प्रहरीले बच्चा चोरी गर्ने गिरोह नेपाल प्रवेश गरेको कुनै सूचना नभएको बताएको छ ।

नेपाल प्रहरीकाे साइबल व्यूरोले सूचना जारी गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएजस्तो कुनै पनि सूचना प्रहरीमा नआएको बताएको हो ।

‘सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख भएझैं देशभर रहेका कुनै पनि प्रहरी कार्यालयमा हालसम्म कुनै पनि माध्यमबाट कुनै पनि उजुरी/सूचना प्राप्त भएको छैन,’ व्यूरोले सूचनामा उल्लेख गरेको छ ।

पछिल्ला दिनमा भारतबाट सामाजिक सञ्जालमा जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्ति नेपाल प्रवेश गरेको अफवाह फैलिएपछि साइबर व्यूरोले सूचना जारी गरी कारबाहीको चेतावनी समेत दिएको छ ।

‘सामाजिक सञ्जालमा त्यस्तो भ्रामक प्रचार गर्ने जोकोहीलाई पनि नेपालको प्रचलित ऐन, कानून बमोजिम कानूनी कारबाही गरिने ब्यहोरासमेत जानकारी गराउँदछौं’. सूचनामा उल्लेख छ ।

प्रहरीले सामाजिक सञ्जालमा भ्रम फैलाइए जस्तो नेपालका कुनै पनि प्रहरी युनिटमा त्यस्तो सूचना प्राप्त नभएको उल्लेख गरेको छ ।

सामाजिक सञ्जालमा आएका सूचना भ्रामक भएको भन्दै प्रहरीले विश्वास नगर्न र त्यस्ता कुनै अपराधसँग सम्बन्धित सूचना भए प्रहरी कार्यालयमा खबर गर्न सूचित गरेको छ ।

सामाजिक सञ्जालमा बच्चा छोरी हुने सूचना भाइरल भएपछि पर्सा र बाराका पनि नागरिक आतंकित भएका छन् । विद्यालय र सरोकारवालाले समेत सतर्क रहन सूचना जारी गरेका छन् ।

Related posts

६ वटा भ्रष्टाचार मुद्दामा मालपाेत कार्यालय वीरगन्जका नासु मदन गुप्तालाई ५ वर्ष कैद

MadhesKhabar

इँटाभट्टामा जिउँदै मान्छे जलाउने कांग्रेस नेता अफताब आलमका भाइ मेहताब आपराधिक गतिविधिमा अझै सक्रिय

MadhesKhabar

दुर्गा प्रसाईं भन्छन्: म भागेको छैन, म काठमाडौंमै छु (भिडियोसहित)

MadhesKhabar

Leave a Comment