Madhes Khabar
धर्म/संस्कृति

साउन महिनामा हरियो चुराको व्यापारमा वृद्धि


मधेसखबर
वीरगंज ,०२ साउन :
 साउन महिनाभरीको हरेक सोमबार नारीहरु शिवजीलाई प्रशन्न बनाउन पानी समेत नखाई व्रत बस्ने गर्दछन् ।प्रेम, वर्षा र झरीको संगम साउन महिना धार्मिक हिसाबले पनि हिन्दु नारीहरुको लागि महत्वको महिना मानिन्छ ।

भने हरियो उपचारको रंग पनि हो, जुन मुटुसँग जोडिएको हुन्छ । उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ ।साउन महिना सुरु भएसँगै अधिकांश महिलाहरुले माछा मासु, लसुन, प्याज नखाई व्रत बस्ने गर्छन् ।

योसंगै साउन महिना शुरु भएसंगै विभिन्न कस्मेटिक पसल, चुरा पसल , मेहेन्दी, हरियो ,रातो तथा पहेलो चुरा खरीद गर्ने र लगाउनेको भिड लाग्ने गरेको छ ।


बालिका, युवती, वयस्क विवाहित हुन या अविवाहित, हरियो पहेँलो वस्त्र, हरियो पहेलो चुरा, हरियो पहेँलो पोते, हत्केलामा मेहन्दी र त्यस्ता पहिरनमा सबै युवतीहरुको आकर्षण देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन भने अविवाहित युवती पनि आर्कषण र रमाईलोको लागि हरियो चुरा, हरिया पहिरन र मेंहन्दी लगाउँने गरेको बताउछन् ।

यो महिला ब्रत बस्नाले विवाहित नारीले आफ्नो श्रीमानको दीर्घायुको कामना र अविबाहित नारीले असल श्रीमान प्राप्त गर्ने धार्मिक विश्वास पनि रही आएको छ ।साउनमा हरियो चुराका साथै रातो र पहेँलो चुरा र पोते, मेहेन्दीको पनि प्रशस्तै माग भएको व्यापारीहरु बताउँछन् ।

यो महिना चुरा पसलहरुमा मात्र नभई फुटपाथ, मन्दिर प्रांगणमा समेत बेच्न राखिएको चुरा , मेहेन्दी , कस्मेटीक तथा श्रीगांरको सामाग्री पसलमा उत्तीकै भिडभाड पाउने गरीन्छ ।

महिलाको हातमा असारको अन्तिम सातादेखि नै हरियो तथा पहेँलो चुरा खन्किन थालेको छ । महिलाको आस्थालाई सम्मान गर्दै विभिन्न कार्यालयले पनि आफ्ना महिला कर्मचारीलाई हरियो चुरा तथा नङपालिस दिने गरेको पाइन्छ ।

यस्तो प्रचलन पछिल्लो समय झनै बढेर गएको छ ।यसको धार्मिक आस्था बुझेरभन्दा पनि फेसनका निम्ति लगाउने युवतीहरू पनि त्यत्तिकै छन्।
सामान्य अवस्थामा चुराको माग ठिकै भएपनि साउन, तीज र दशैंका बेला अत्याधिक हुने गरेको छ ।

बजारमा काँचका, प्लाष्टिकका, धातुका विभिन्न डिजाईनका आकर्षक चुराहरु पाइन्छन् । पहिले पहिले काँचका चुराहरुको प्रचलन बढी रहेको थियो भने अहिले प्लाष्टिक र मेटलका चुराहरुको पनि माग बढेको व्यापारीहरुको अनुभव छ ।

बजारमा अहिले सामान्य काँचको चुराको, चुराको बुट्टा र काँचको गुणस्तरको आधारमा प्रति दर्जन ६० रुपैयाँ देखि २ सय ५० रुपैयाँसम्म पर्ने गरेको छ । त्यस्तै प्लाष्टिक र मेटलका चुराहरु भने तुलनात्मक रुपमा महंगो हुने व्यापारीहरु बताउँछन् ।

गत वर्ष कोरोना माहामारीका कारण थला परेको व्यवसाय गत वर्षको तुलनामा यो वर्ष चुराको मूल्यमा दोब्बर वृद्धि पनि भएको र विक्री पनि राम्रो भईरहेको वीरगंज माईस्थानका व्यवपारीहरु संजय कुमार बताउँछन् ।

Related posts

गढीमाई मन्दिरको दान पेटीकाबाट थप साढे ७ लाख नगद र ९ थान गहना भेटी संकलन

MadhesKhabar

यमपन्चककाे दाेश्राे दिन आज काग तिहार मनाइदै

MadhesKhabar

आज २५६७औँ बुद्ध जयन्ती मनाइदैं

MadhesKhabar

Leave a Comment