Madhes Khabar
धर्म/संस्कृति

साउन महिनामा हरियो चुराको व्यापारमा वृद्धि


मधेसखबर
वीरगंज ,०२ साउन :
 साउन महिनाभरीको हरेक सोमबार नारीहरु शिवजीलाई प्रशन्न बनाउन पानी समेत नखाई व्रत बस्ने गर्दछन् ।प्रेम, वर्षा र झरीको संगम साउन महिना धार्मिक हिसाबले पनि हिन्दु नारीहरुको लागि महत्वको महिना मानिन्छ ।

भने हरियो उपचारको रंग पनि हो, जुन मुटुसँग जोडिएको हुन्छ । उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ ।साउन महिना सुरु भएसँगै अधिकांश महिलाहरुले माछा मासु, लसुन, प्याज नखाई व्रत बस्ने गर्छन् ।

योसंगै साउन महिना शुरु भएसंगै विभिन्न कस्मेटिक पसल, चुरा पसल , मेहेन्दी, हरियो ,रातो तथा पहेलो चुरा खरीद गर्ने र लगाउनेको भिड लाग्ने गरेको छ ।


बालिका, युवती, वयस्क विवाहित हुन या अविवाहित, हरियो पहेँलो वस्त्र, हरियो पहेलो चुरा, हरियो पहेँलो पोते, हत्केलामा मेहन्दी र त्यस्ता पहिरनमा सबै युवतीहरुको आकर्षण देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन भने अविवाहित युवती पनि आर्कषण र रमाईलोको लागि हरियो चुरा, हरिया पहिरन र मेंहन्दी लगाउँने गरेको बताउछन् ।

यो महिला ब्रत बस्नाले विवाहित नारीले आफ्नो श्रीमानको दीर्घायुको कामना र अविबाहित नारीले असल श्रीमान प्राप्त गर्ने धार्मिक विश्वास पनि रही आएको छ ।साउनमा हरियो चुराका साथै रातो र पहेँलो चुरा र पोते, मेहेन्दीको पनि प्रशस्तै माग भएको व्यापारीहरु बताउँछन् ।

यो महिना चुरा पसलहरुमा मात्र नभई फुटपाथ, मन्दिर प्रांगणमा समेत बेच्न राखिएको चुरा , मेहेन्दी , कस्मेटीक तथा श्रीगांरको सामाग्री पसलमा उत्तीकै भिडभाड पाउने गरीन्छ ।

महिलाको हातमा असारको अन्तिम सातादेखि नै हरियो तथा पहेँलो चुरा खन्किन थालेको छ । महिलाको आस्थालाई सम्मान गर्दै विभिन्न कार्यालयले पनि आफ्ना महिला कर्मचारीलाई हरियो चुरा तथा नङपालिस दिने गरेको पाइन्छ ।

यस्तो प्रचलन पछिल्लो समय झनै बढेर गएको छ ।यसको धार्मिक आस्था बुझेरभन्दा पनि फेसनका निम्ति लगाउने युवतीहरू पनि त्यत्तिकै छन्।
सामान्य अवस्थामा चुराको माग ठिकै भएपनि साउन, तीज र दशैंका बेला अत्याधिक हुने गरेको छ ।

बजारमा काँचका, प्लाष्टिकका, धातुका विभिन्न डिजाईनका आकर्षक चुराहरु पाइन्छन् । पहिले पहिले काँचका चुराहरुको प्रचलन बढी रहेको थियो भने अहिले प्लाष्टिक र मेटलका चुराहरुको पनि माग बढेको व्यापारीहरुको अनुभव छ ।

बजारमा अहिले सामान्य काँचको चुराको, चुराको बुट्टा र काँचको गुणस्तरको आधारमा प्रति दर्जन ६० रुपैयाँ देखि २ सय ५० रुपैयाँसम्म पर्ने गरेको छ । त्यस्तै प्लाष्टिक र मेटलका चुराहरु भने तुलनात्मक रुपमा महंगो हुने व्यापारीहरु बताउँछन् ।

गत वर्ष कोरोना माहामारीका कारण थला परेको व्यवसाय गत वर्षको तुलनामा यो वर्ष चुराको मूल्यमा दोब्बर वृद्धि पनि भएको र विक्री पनि राम्रो भईरहेको वीरगंज माईस्थानका व्यवपारीहरु संजय कुमार बताउँछन् ।

Related posts

उमेर पुगेर विहे गर्ने मुसहरले नगद ५० हजार पाउने

MadhesKhabar

कपिलवस्तु घटनामा गोली लागेर मृत्यु भएका यादवलाई शहिद घोषणा गर्न हिन्दुवादी संगठनको माग

MadhesKhabar

सखुवा प्रसौनी गाँउपालिकामा जिउतीया पर्बको उपलक्ष्यमा दुइ दिने मेला

MadhesKhabar

Leave a Comment