Madhes Khabar
धर्म/संस्कृति

सखुवा प्रसौनी गाँउपालिकामा जिउतीया पर्बको उपलक्ष्यमा दुइ दिने मेला

प्रमाेद यादव वीरगन्ज,०३ असोज : पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर २ मा जिउतीया पर्बको उपलक्ष्यमा सोमबार देखि दुइ दिने मेला लागेको छ ।

वडा नम्बर २ स्थित खुल्ला मैदानमा सखुवा प्रसौनी गाँउपालिकाको आयोजनामा सोमबार देखि कुश्ती सहित विभिन्न प्रतियोगिता सहितको दुइ दिने मेलाको आयोजना गरिएको हो । उक्त मेलाको सोमबार नेकपा एमालेका केन्द्रिय सदस्य राज कुमार गुप्ता र सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

मेलामा सोमबार कुश्ती प्रतियोगिता सम्पन्न भएको र मङ्गलबार भेडा जुधाइ प्रतियोगिता हुने मेला समितिका अध्यक्ष शम्भु प्रसाद यादवले जानकारी दिए ।

यादवकै अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिष्ट,भुतपुर्ब उपाध्यक्ष फुलमती चौधरी, वडाअध्यक्षहरु बासुदेव महतो थारु, चिरञ्जीवी महतो थारु, मोजालीम अन्सारी,महम्मद आरिफ मिया अन्सारी,असेश्वर यादव, मुना कमकर,ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीका प्रहरी निरीक्षक ,शसस्त्र प्रहरी निरीक्षक लगायतको पनि उपस्थिती रहेको थियोे  ।

Related posts

आज यमपञ्चककाे दाेस्राे दिन लक्ष्मी पूजा मनाइदैं

MadhesKhabar

वीरगन्जमा भव्य रुपमा मनाइयो शिरडी साई बाबा मन्दिरको वार्षिक उत्सव

MadhesKhabar

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै

MadhesKhabar

Leave a Comment