Madhes Khabar
मधेस प्रदेश

वन मन्त्री यादव भन्छन् : गाली खाने वन मन्त्रालयलाइ जनताले ताली बजाउने बनाउछु

मधेसखबर
वीरगन्ज,३० असार : नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवले औद्योगिक नगरी वीरगन्जलाइ हराभरा शहरका रुपमा विकास गर्न आफु प्रतिबद्ध रहेको बताएका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघले बिहीबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री यादवले भने ,‘ वीरगन्जलाई उद्योग र व्यापारको नगरिको पहिचान सहित एउटा हराभरा शहरको रूपमा विकास गर्न म प्रतिबद्ध छु । त्यसका लागि वीरगन्ज महानगरपालिका र वीरगन्जका उद्योगी व्यपारीसंग आवश्यक समन्वय गर्न वन तथा वातावरण मन्त्रालय तयार रहेको उनले बताए ।

वीरगन्जसंग प्रत्यक्ष सरोकार राख्ने निजगढ अन्र्तराष्ट्रिय विमानस्थल र फास्ट ट्रयाकको निर्माण तथा पर्सा राष्ट्रिय निकुन्जको विकास र प्रवर्द्धनका लागि पनि आफ्नो मन्त्रालयबाट हुने कामहरू द्रुतगतिमा अगाडि बढाइने उनले बताए ।

वनमन्त्री यादवले भने ,‘हुन त वन मन्त्रालय ताली भन्दा पनि बढी गाली खाने मन्त्रालय हो तर म आफनो छोटो कार्यकालमै यस्ता कामहरु गर्छु कि भोलीका दिनमा वनमन्त्रीको नाम आउदा जनताले गाली होइन ताली बजाउनेछन् ।

वनक्षेत्रमा राजनीतिक संरक्षणमा चलिरहेका अवैध क्रसर उद्योगलाई बन्द गरेर त्यसका सन्चालकहरुलाइ कानुनी कारबाहीको दायरा भित्र ल्याउने चेतावनी पनि उनले दिए ।चुरे क्षेत्र र मधेस एक अर्काको परिपूरक रहेको भन्दै उनले भने ,‘ चुरे बाचे मात्र मधेस जोगिन्छ चुरे नाश भए मधेस पनि मरुभूमीकरण हुन्छ , त्यसैले चुरे क्षेत्रको संरक्षण पनि मेरो मुख्य प्राथमिकतामा रहनेछ ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह , संघका पुर्व अध्यक्ष गोपाल केडिया , उद्योगपतिहरु गणेश लाठ , अशोक टेमानी लगायतको पनि सहभागीता थियो ।

Related posts

सप्तरी २ : सिके राउतको फराकिलो जित ,उपेन्द्र यादवको लज्जास्पद हार

MadhesKhabar

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख दिन मधेस सरकारलाई सत्ता गठबन्धनको आग्रह

MadhesKhabar

सशस्त्र डिआइजी ठाडा मगरका चार जना घुमुवा विरुद्ध पक्राउ पूर्जी जारी

MadhesKhabar

Leave a Comment