Madhes Khabar
अर्थतन्‍त्र

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

मधेसखबर

वीरगन्ज,२८असार :सोमबार रातिदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडादर फेरि बढेको छ।

अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर इन्धनको मूल्यकोआधारमा स्वचालित रूपमा समायोजन गरिएको यातायात व्यवस्था विभागले सोमबार सूचना निकालेर जानकारी दिएको छ।

विभागका अनुसार यात्रुवाहक गाडीमा १ दशमलव ७९ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडादर समायोजन भएको हो।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य ५ प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरूपमा भाडादर परिवर्तन हुने उल्लेख छ। गएको असार १२ गते पनि भाडादर समायोजन गरिएको थियो

Related posts

सरकारले फेरि बढायाे पेट्रोल र डिजेलकाे मूल्य

MadhesKhabar

वीरगन्ज नाकाबाट एक वर्षमा १ अर्ब २० करोडको नेपाली छुर्पी विदेशमा निर्यात

MadhesKhabar

शिलान्यास भएकाे ६ वर्षपछि सिमरा सेजमा खुल्याे पहिलाे उद्योग

MadhesKhabar

Leave a Comment