Madhes Khabar
अर्थतन्‍त्र

शिलान्यास भएकाे ६ वर्षपछि सिमरा सेजमा खुल्याे पहिलाे उद्योग

बारा,१४माघ:तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा सेजमा ६ वर्षपछि उद्योगको उद्घाटन गरिएको छ । २०७४ चैत १८ गते तत्कालीन प्रधानमन्त्री ओलीले सिमरा गार्मेन्ट प्रशोधन क्षेत्रको रूपमा शिलान्यास भएको सिमरा सेजमा ठुलो उताब चढावका बिच शनिबार पहिलो उद्योगको उद्घाटन गरिएको हो ।

व्यापार घाटा कम गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले विशेष आर्थिक क्षेत्र सेजको स्थापना गरिएको हाे । सिमरा सेजलाई गार्मेन्ट उद्योगका रूपमा विकास गर्ने भनिएपनि पछि ऐन संशोधन गरेर सबैखाले उद्योगलाई प्रवेश खुला गरिएको थियो ।

शनिबार सिमरा सेजमा उद्योगी गुड्डु श्रीवास्तवले लक्ष्मी ग्रेनाइट इन्ड्रस्टिज उद्योग स्थापना गरी सञ्चालनमा ल्याएका हुन् । विशेष आर्थिक क्षेत्र प्राधिकरणका इञ्जिनियर अर्जुन पाण्डेले एक कार्यक्रमका बिच उद्योगको उद्घाटन गर्दै लामो समयदेखि सिमरा सेजलाई उद्योग मैत्री वातावरण बनाउने र निर्यातमूलक उद्योगहरुको प्रवर्द्धन गर्ने उद्देश्यले काम भइरहेकोले उद्योग सञ्चालन गर्न सम्भव भएको बताए।

५ वटा ब्लकहरु रहेको सिमरा सेजमा हाल ए ब्लकको ३४३ बिगाहा क्षेत्रफल मध्ये १६५ बिगाहा जग्गामा उद्योगका संरचनाहरु निमार्ण भइरहेका छन् ।

सेजले उद्योगका लागि आवश्यक भौतिक संरचनाहरु बैंक, बिमा, विद्युत् खानेपानी, भन्सार, सडक, नाला लगायतका सम्पूर्ण भौतिक संरचनाहरु बनाएर उद्योगीलाई खाली जग्गा भाडामा लगाउने गर्दछ ।

गुडु श्रीवास्तवले करिव ५ महिनामा ११ देखि १२ करोड लगानीमा उद्योग स्थापना गरेको बताएका छन् । उद्योग सञ्चालक गुडुले ३० देखि ३५ जनालाई रोजगारी दिने बताए ।साभार:राताेपाटीबाट

Related posts

पर्साका ८५ र बाराका १ सय १२ सहकारी संस्था सम्पर्कविहीन

MadhesKhabar

सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले घट्यो

MadhesKhabar

सहकारीमा आर्थिक पारदर्शीता जरुरी छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment