Madhes Khabar
स्वास्थ्य

वीरगन्ज नाकामा फेरि दिनहु कोरोना संक्रमित भेटिन थाले

फाइल फोटो

मधेसखबर
वीरगन्ज,२५असार : भरतबाट नेपाल प्रवेश गर्ने मुख्य प्रवेशद्वार वीरगन्ज नाकामा फेरि दैनिकजसो कोरोना भाइरसको संक्रमित फेला पर्न थालेका छन् ।

वीरगन्जको इनर्वा नाकामा सन्चालित हेल्थडेस्कमा भारतबाट नेपाल प्रवेश गर्ने कोरोनाका शंकास्पद व्याक्तिहरुको स्वास्थ्य परिक्षण गर्ने गरिएको छ ।

कोरोनाको तेश्रो लहर सकिएपछि फागुन देखि जेठ तेश्रो साता सम्म हेल्थ डेस्कको परिक्षणमा संक्रमति फेला परेका थिएनन् । तर जेठ २३ गते ददेखि यता भने हेल्थ डेस्ककोे परिक्षणमा दिनहुजसो संक्रमित फेला परिरहेको हेल्थडेस्ककी इन्चार्ज डाक्टर अनिषा महत्तोले बताएकी छन् ।

उनका अनुसार विगत एक महिनामा २६ जना संक्रमित फेला परेका छन् ।जेठ २३ गते देखि शुक्रबार सम्म २६ जनामा संक्रमण भेटिएको महत्तोले बताइन् । शुक्रबार एक जनामा र बिहीबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिइन् ।

एक महिना यता संक्रमण पुष्टि भएका २६ जनामध्ये २५ जना भारतीय र १ जना नेपाली रहेका छन् । पछिल्लो एक महिनाको परीक्षणको नतिजाले कोरोना संक्रमण दर बढ्दो क्रममा रहेको संकेत मिलेको उनले बताइन् ।

Related posts

वीरगन्जको प्रभु अस्पतालमा दन्त उपचार सेवा पनि सुरु

MadhesKhabar

वीरगन्ज नाकामा भेटिए दुई जना कोरोना संक्रमित

MadhesKhabar

बाराको पचरौता नगरपालिकाले बन्द गरयो स्वास्थ्य सेवा

MadhesKhabar

Leave a Comment