Madhes Khabar
स्वास्थ्य

पर्सामा जनमत पार्टीले ३ सय ५० जना आँखा रोगीहरुको निःशुल्क शल्यकृया गरायो

वीरगन्ज,१८माघःपर्साको विभिन्न स्थानमा जनमत पार्टीले आयोजना गरेको निःशुल्क आँखा जाँच शिविरबाट अहिलेसम्म १ हजार ३ सय ५० जना भन्द्या बढी लाभान्वित भएका छन् ।

वीरगन्ज सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा जनमत पार्टीले पर्साको शहरी र ग्रामीण भेगका वडाहरुमा निःशुल्क आँखा शिविर आयोजना गर्दै आएको र शुक्रबारसम्म ती सबै शिविरबाट गरी १ हजार ३ सय ५० जना लाभान्वित भएको पार्टीका जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफले जानकारी दिए । शिविरमा १ हजार ३ सय ५० जनाको आँखा जाँच गरिएको र ती मध्ये मोतियाबिन्दु भएका ३ सय ५० जनाको शल्यकृयापनि निःशुल्क गराइएको उनले बताए ।

लोककल्याणकारी अभियान अन्तर्गत पार्टीले आयोजना गरिरहेको निःशुल्क शिविर अन्तर्गत शुक्रबारपनि वीरगन्ज महानगरपालिका वडा नम्बर २६ अठराहामा शिविर आयोजना गरिएको हो । पार्टीको आयोजनामा अठराहामा भएको १२ औं शिविरमा ८८ जनाको आँखा जाँच गरिएकोमा तीमध्ये ३४ जनामा मोतियाबिन्द भेटिएको जनमत पार्टी पर्साका अध्यक्ष सरार्फले जानकारी गराए । मोतियाबिन्दु भएका उनिहरुकोपनि शल्यक्रिया वीरगन्ज सामुदायिक आखा केन्द्रमा निःशुल्क रुपमा गरिने अध्यक्ष सरार्फले बताए ।

 

Related posts

प्रहरीले कुटेर आँखा फुटाइदियाे : वडाध्यक्ष महर्जन

MadhesKhabar

तराई र भवानी हस्पिटलको चरम लापरवाही : उपचारमा म्याद गुज्रिएका औषधीहरु प्रयोग गर्दै

MadhesKhabar

पर्सामा मुस्लिम बालिका र किशाेरीलाई खाेप लगाएर सुरु गरियाे एच.पी.भी. खाेप अभियान

MadhesKhabar

Leave a Comment