Madhes Khabar
राजनीति समाचार

अर्थमन्त्री जनार्दन शर्माले दिए पदबाट राजीनामा

मधेशखबर

२२ असार,२०७९ अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन् ।

लगतै विशेष समय लिएर बोलेका अर्थमन्त्री शर्माले छानबिनमा सहयोग गर्ने भन्दै राजीनामा घोषणा गरे । ‘एउटा संसदीय छानबिन मात्र होइन, म हजारौं छानबिनका लागि तयार छु’, उनले भने, ‘छानबिनका लागि मैले माार्गप्रशस्त आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्छु ।’

बजेट निर्माणका आफूले कुनै गल्ती नगरेको उनको दाबी छ । सम्बोधनका क्रममा शर्माले बजेट निर्माणमा कुनै त्रुटि नभएको जिकिर समेत गरेका थिए । राजनीतिक रुपमा आफूलाई बद्नाम गर्न खोजिएको भन्दै उनले छानबिन गर्न पनि उनले चुनौती दिएका छन् ।

 

Related posts

आफ्नो गाँउठाँउकाे विकासका लागि सबै दल एकजुट हुनुपर्छ : मन्त्री गुप्ता

MadhesKhabar

पर्सा-३ बाट कांग्रेसद्वारा पूर्वमन्त्री चाैधरी र क्षेत्रीसहित ५ जनाकाे नाम सिफारिस

MadhesKhabar

मधेस: जनमतले सहमति अनुसार मन्त्रालय नदिए कांग्रेसको नेतृत्वमा सरकार बनाउने ३ दलको तयारी

MadhesKhabar

Leave a Comment