Madhes Khabar
समाज

ठाकुरराम क्याम्पसमा जिपी कोइराला फाउण्डेशनद्धारा वृक्षारोपण

माधुरी महत्तो
वीरगन्ज,२०असार : गिरिजा प्रसाद कोइराला पफाउण्डेशन पर्साले ठाकुरराम बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरेको छ ।

पुर्वप्रधानमन्त्री एंव नेपाली काँग्रेसका पुर्वसभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ९९ औं जन्मजयन्तिको अवसरमा फाउण्डेशनले सोमबार क्याम्पस परिसरमा वृक्षारोपण गरेको हो ।

क्याम्पसको पुस्तकालय देखि छात्रावास सम्मको खाली जग्गामा आँप , अम्बा , लिच्ची ,जामुन, टिक र सत्तीसाल प्रजातिका २ सय ५० वटा विरुवा रोपिएको फाउण्डेशनका कोषाध्यक्ष मनोहर साहले जानकारी दिए ।

फाउण्डेशन पर्साका अध्यक्ष महम्मद शाहबुद्धिनको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा संविधानसभा सदस्यद्वय राजेन्द्र बहादुर अमात्य र अनिल रुंगटा, काँग्रेसका जिल्ला उपसभापति अशोक कुमार गुप्ता , काँग्रेसका महानगरसभापति मणिन्द्र्रलाल नेपाली श्रेष्ठ , क्षेत्रीय सभापति अरविन्द गुप्ता , ,पर्सागढी नगरपालिकाका पुर्वमेयर लोकनारायण यादव ,महाधिवेशन प्रतिनिधी दिना गुप्ता ,काँग्रेस महानगर सहसचिव दिपपक साह, काँग्रेस नेताहरु शम्भु चौहान, रोशन लामिछाने ,फाउडेशनका सचिव धिरज कुमार गुप्ता , सदस्यहरु दिलिपराज कार्की , प्रिति सिंह , दिपेश श्रीवास्तव, लगायतको सहभागीता रहेको थियोे ।

Related posts

वीरगन्ज-१० मा वडा कार्यालयले आयाेजना गरेकाे कार्यक्रममा ७५ जनाले गरे रगत दान

MadhesKhabar

उपकार सेवा नेपालद्वारा मनियारीकाे दलितबस्तीका बालकलाई ह्वील चेयर सहयाेग

MadhesKhabar

वीरगन्ज भन्सारमा आयोजित कार्यक्रममा ४० जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment