Madhes Khabar
कृषि

चाँडै मल उपलब्ध हुने स्थिति छैन : कृषिमन्त्री यादव

फाइल फोटो

मधेसखबर
वीरगन्ज,१५ असार : कृषि तथा पशुपक्षी विकास मन्त्री महेन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भएका कारण ठेकेदारले मल ल्याउन नसकेको बताएका छन् ।

बुधवार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित ‘ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९’ कार्यक्रममा बोल्दै मन्त्री यादवले मलको ठेक्का लिएका ठेकेदारले मल ल्याउन नसकेका कारण ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको बताए । उनले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भएका कारण सरकारले ठेक्का लगाउँदा पनि ठेकेदारहरू नआउने समस्या भएको सुनाए ।

मन्त्री यादवले ठेकेदारले समयमा कहिल्यै मल ल्याउन नसकेको भन्दै निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने ? भन्नेमा छलफल भइरहेको बताए । उनले पुरानो ऐन, कानुनले चाँडै मल उपलब्ध हुने स्थिति नरहेको पनि बताए ।

उनले भने – ‘युरिया मल ल्याउनका मन्त्रालयबाट मङ्सिर, फागुन महिनामा दुई लाख मेट्रिक टन ठेक्का ठेकेदारले लिइसकेको, मूल्यवृद्धि हुँदा दुई लाख मेट्रिक टन ल्याउन सक्ने अवस्था रहेन र त्यो ठेक्का रद्द गर्नुपर्ने भयो । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा सरकारले ठेक्का लगाउँदा ठेकेदारले ठेक्का नलिने, ठेक्का लिएको ठेकेदार पनि नआउने । ठेकेदारले मल समयमा कहिल्यै ल्याएन । यसको विकल्प भनेको कृषि कारखाना नै स्थापना हो । मलको मूल्य पनि आयल निगमजस्तै नै बजारको स्वचालित मूल्यमा निर्धारण गर्नुपर्छ ।’

Related posts

वीरगन्जमा मल आइ पुग्न अझै दुई साता लाग्छ : कृषि सामाग्री कम्पनि

MadhesKhabar

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

महिलाहरुलाई आत्मनिर्भर बनाउन वीरगन्ज महानगरले दियो तरकारी खेतीको तालिम

MadhesKhabar

Leave a Comment