Madhes Khabar
कृषि

युरिया मल वीरगन्ज भित्रिन थाल्यो

फाइल फोटो

मधेसखबर
वीरगन्ज,१४असार : अहिले धान रोपाइका बेला रासायनिक मलको हाहाकार रहेको बेला साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको मल वीरगन्ज आइपुगेको छ ।

वीरगन्ज स्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको प्रादेशिक कार्यालयको गोदाममा गत शुक्रबारदेखि भारतको रक्सौल स्थित रेल्वे स्टेसनबाट ढुवानी गरी युरिया मल भित्रिन थालेको हो ।

कार्यालय प्रमुख अमोज लामिछानेका अनुसार शुक्रबारदेखि गोदाममा मल भित्रिन थालेको र हालसम्म १२ हजार ५ सय बोरा मल भित्रिइसकेको छ । ‘रक्सौलमा आइपुगेको १ रेल्वे रयाक युरिया मल ट्रकबाट ढुवानी गरी कर्पोरेसनको वीरगन्ज गोदामसम्म ल्याइँदै छ,’ उनले भने, ‘एक रेल्वे रयाकमा २ हजार ५ सय मेट्रिक टन अर्थात ५० हजार बोरा मल हुन्छ, अर्को एक रयाक युरिया मल पनि रक्सौल रेल्वे स्टेसन हुँदै वीरगन्जसम्म आउने छ ।’

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकोले ग्लोबल टेन्डरबाट खरिद गरेको २२ हजार मेट्रिक टन युरिया मल मध्ये वीरगन्ज प्रादेशिक कार्यालयले पाउने ५ हजार मेट्रिक टन मल रक्सौल हुँदै आइरहेको उनले बताए । उनले भने ,‘ आपूर्तिकर्ता स्विस सिंगापुर कम्पनीले युरिया मल कोलकाता बन्दरगाहसम्म ल्याएर त्यहा प्याकिङ गरी नेपालतर्फ मल पठाउँदै छ ।

बाँकी युरिया मल भैरहवा र विराटनगर प्रादेशिक कार्यालयहरुमा तीनै कार्यालयको नजिकको भारतीय सहरहरुमा रहेको रेल्वे स्टेसन हुँदै पुगिरहेको उनले बताए । वीरगन्जमा प्राप्त युरिया मलमध्ये माग भएका मातहतका कार्यालयहरु हेटौंडा, जनकपुर, गौर, मलंगवा, बनेपा, काठमाडौं, त्रिशूली, नारायणघाट, पोखरा, बाग्लुङलगायतका ठाउँमा पठाइने उनले जानकारी दिए । यो खबर कान्तिपुर दैनिकमा पत्रकार शंकर आचार्यले लेखेका छन् ।

Related posts

कृषि प्रधान देश नेपालमा ११ महिनामा १६ अर्ब रुपैयाँ भन्दा बढिको फलफुल आयात

MadhesKhabar

भारतबाट एक महिनामै ४ अर्ब २६ करोडको धान–चामल आयात

MadhesKhabar

चिनी मिल चलाउन माग गर्दै किसानहरुले गरे प्रदर्शन

MadhesKhabar

Leave a Comment