मधेसखबर
वीरगन्ज,१२असार: बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा मनोज कुमार गुप्ता निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्धन्द्धी ओमप्रकाश गुप्तालाई ५९ मतको मतान्तरले हराउँदै मनोज बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
बरिष्ठ उपाध्यक्षसहित नयाँ कार्यसमिति चयनका लागि शनिवार भएको निर्वाचनको आइतबार सकिएको मतगणना अनुसार मनोजले ३१९ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्धन्द्धी ओमप्रकाशले भने २६० मत प्राप्त गरे भने सोही पदका अन्य उम्मेदवार रामचन्द्र पौडेलले २३७ मत, दिनेशप्रसाद कलवारले १२० र अनिलकुमार साहले ११ मत प्राप्त गरेका छन् ।
वाणिज्यतर्फको उपाध्यक्षमा गजेन्द्रप्रसाद गुप्ता निर्वाचित भएका छन् । गुप्ता ३०० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उक्त पदका अन्य उम्मेदवार मोहन साह कलवारले २११ मत, अर्जुन लम्सालले १६६ मत, सन्तोषकुमार गुप्ताल १३४ मत र रामायणप्रसाद साहले १४ मत प्राप्त गरेका छन् ।
उद्योगतर्फको उपाध्यक्षमा बिजयकुमार साह निर्वाचित भएका छन् । गुप्ता ४७ मत प्राप्त गर्दै बिजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी दीपक गुप्ताले ३२ मत प्राप्त गरेका छन् ।
संघको महासचिव पदमा प्रकाश गिरी निर्वाचित भएका छन् । गिरी ४८५ मत प्राप्त गर्दै फराकिलो मतान्तरले निर्वाचित भएका हुन् । उक्त पदका अन्य उम्मेदवार लक्ष्मण अधिकारीले २७३ मत र अनिल तिवारीले १८२ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्ष पदमा रामबाबु कलवार निर्वाचित भएका छन् ।कलवारले ५८५ मत प्राप्त गर्दा सोही पदका प्रत्यासी अमरप्रसाद यादवले ३१५ मत प्राप्त गरेका हुन् ।
वाणिज्यतर्फको सचिवमा पदमा विष्णुप्रसाद अधिकारीले २२७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । सोही पदका उम्मेदवार कृष्णप्रसाद साहले १९८ मत, गिता शर्माले १४३ मत, श्यामबाबु साहले ११६ मत, शान्ताकुमारी बजगाई (रिना) ले ७१ मत र रमेश खरेलले ५९ मत प्राप्त गरेका छन् । यसअघि उद्योगतर्फको सचिवमा मुकेश साह निर्विरोध निर्वाचित भएका थिए ।
यसैगरी वाणिज्यतर्फको सात सदस्यमा सन्तोष कुशवाहा, आशा दाहाल, तसौवर हुसेन, राजुप्रसाद साह, विन्देश्वरीप्रसाद साह, प्रदीप कुमार र रिता कँडेल निर्वाचित भएका छन् । यस्तै उद्योगतर्फको तीन सदस्यमा राकेशप्रसाद गुप्ता ५७ मत, राजेशकुमार प्रसाद साह ५६ मत र रिना रौनियार पुरी ५५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
कुल एक हजार तीन सय पाँच मतदातामध्ये निर्वाचनमा वाणिज्यतर्फ आठ सय ९२, उद्योगतर्फ ८२ र एसोसियटतर्फ तीन मत खसेको थियो । संघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेका कारण मोहन शर्मा यसअघिनै अध्यक्षमा निर्वाचित भईसकेका छन् । शर्मा अध्यक्षमा निर्वाचित भएपछि बाँकी पदका लागि शनिबार निर्वाचन भएको थियो।

