Madhes Khabar
कृषि

मल माग्दैै कलैयामा किसानहरुको प्रदर्शन

माधुरी महत्तो
वीरगन्ज,१२ असार : रासायनिक मल सहज रुपमा उपलब्ध गराउन र महङगी नियन्त्रण गर्न माग गर्दै बाराको कलैयामा आइतबार किसानहरुले जुलुश निकालेर प्रदर्शन गरेका छन् ।

नेकपा एमाले निकटको अखिल नेपाल किसान महासंघ बाराको अगुवाइ किसानहरुले कलैयामा जुलुश निकालेर प्रदर्शन गरेका हुन् ।

कलैया स्थित एमालेको पार्टी कार्यालयबाट निस्किएको किसानहरुको जुलुश बजार परिक्रमा गर्दै कृषि सामाग्री कम्पनि लिमिटेडको शाखा कार्यालयमा पुगेर धर्ना तथा घेराउ कार्यक्रममा परिणत भएको थियो । प्रदर्शनमा सहभागी किसानहरुले रासायनिक मल सजह रुपमा उपलब्ध गराउ , दैनिक उपभोग्यवस्तुको महङगी नियन्त्रण गर , पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि अझै फिर्ता गर लगायतका नारा लगाएका थिए ।

बजार परिक्रममा पछि कृषि साममाग्री कम्पनि लिमिटेड शाखाका कार्यालयमा पुगेर किसानहरुले त्यहा दुइ घण्टा धर्ना दिदै घेराउ पनि गरेका थिए । त्यसक्रममा कार्यालयका निमित्त प्रमुख नोज बहादुर जिएमलाइ भेटेर रासायनिक मल समयै सहज रुपमा उपलब्ध गराउन दबाब सहितको ध्यानाकर्षण गराइएको र आफना मागको सुनुवाइ नभए अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि दिइएको अखिल नेपाल किसान महासंघका केन्द्रिय स्थाायी कमिटी सदस्य उमेश गुप्ताले बताए ।

अखिल नेपाल किसान महासंघ बाराका संयोजक आत्मदेव भटटराइको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्यहरु रामनाथ बैठा , बन्दना सिंह , धनमाया चौधरी , परवानीपुर गाँउपालिकाकी उपाध्यक्ष सुगान्धी देवी गुप्ता लगायतको पनि सहभागीता रहेको थियो ।

Related posts

यसवर्ष नेपालमा ३० प्रतिशत मात्रै खेतीयोग्य जमिनमा सिँचाइ

MadhesKhabar

खडेरीले बारामा अधिकांश किसानले रोप्न पाएनन् चैते धान

MadhesKhabar

जेनजी आन्दोलनले रक्सौल र ड्राइपाेर्टमा रोकिएको डिएपी मल वीरगन्ज भित्रिन थाल्यो

MadhesKhabar

Leave a Comment