
मधेशखबर
२४ बैशाख , २०७९,वीरगंज
नेपाल कृषि अनुसन्धान परिषदको अनुसार नेपालमा ३० प्रतिशत मात्रै खेतीयोग्य जमिनमा सिँचाइ पुगेको छ । आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर नेपाल कृषि अनुसन्धान परिषदले शनिबार काठमाण्डौमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो । परिषदका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले सिँचित जमिन कम भएकाले पनि खाद्यन्नहरुको उत्पादन गर्न सहज अवस्था नरहेको बताए । उनले नेपालमा धान, गहुँ र मकैको उत्पादन बढाउन सिँचाइ, मल र प्रविधिको उचित व्यवस्था गर्न ढिलाइ गर्न नहुने पनि जानकारी दिए । सिँचाइका लागि छुट्टयाएको बजेट तटबन्ध निर्माणमा खर्च हुँदा खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्न नसकिएको पनि उनले बताए । हालसम्म ८० वटा वस्तुबालीका सात सय २३ जातहरु विकास गरी कृषकको खेतवारीमा पुगेको पनि परिषदले जनाएको छ । त्यस्तै माटोको डिजिटल नक्सांकन सार्वजनिक गरिएको, सुन्तला, जुनार र कागतीलाई चिस्यान कोठामा ३ महिनासम्म भण्डारण गर्न सकिने प्रविधि भित्र्या्उने प्रस्तावलाई अघि बढाएको पनि परिषदले जनाएको छ ।

