Madhes Khabar
समाज

ठोरीमा फेरि बाघको आतंक , स्थानीयवासी त्रसीत

तस्वीर :रेडियो विजयवस्ती

मधेसखबर
वीरगन्ज,११असार :पर्साको ठोरीमा बाघले फेरि आतंक मच्चाएको छ । पर्सा राष्ट्रिय निकुन्ज र चितवन राष्ट्रिय निुकन्जको जंगलबाट मानववस्तीमा पसेर बाघले आतंक मच्चाउदै आएका कारण ठोरीका स्थानीय त्रसीत भएका छन् ।

ठोरी गाँउपालिका वडा नम्बर १ मा पर्ने जंगलसंगै जोडिएको चौतारा क्षेत्रमा केहि दिन यता देखि बाघको आतंक बढेको छ । शुक्रबार राति फेरि बाघले चौताराका ज्ञान बहादुर स्याङतानले पालेको एउटा बंगुर मारेर खाइ दिएको छ ।खोरबाट बाघले बंगुर निकालेर खाएको स्थानीय प्रत्यक्षदर्शी जगेन्द्र पौडेलले बताए । बाघले स्थानीयको केहि पाडा तथा अरु घरपालुवा जनावर समेत मारेको स्थानीयले बताएका छन् ।

यसअघि असार ८ गते राती पनि स्याङतानकै खोरमा रहेको एउटा बाख्रा र एउटा बंगुर बाघले मारेर खाएपछि स्थानीयले चितवन राष्ट्रिय निकुन्जका सुरक्षाकर्मीलाई जानकारी गराएका थिए ।

पटक पटक बाघ गाउँमै पसेर क्षति पु¥याउन थालेपछि नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेनाको टोली चौतारा क्षेत्रमा पुगेको छ । शनिबार दिउँसो चितवन राष्ट्रिय निकुन्जबाट हात्ती सहित नेपाली सेनाको टोली आउने र बाघलाई नियन्त्रणमा लिने तयारी भइरहेको स्थानीयले बताएका छ्न् ।

Related posts

१२ वर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

MadhesKhabar

राजश्व छलीको आशंकामा ८१ लाखको सामानसहितको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

MadhesKhabar

ट्रेड युनियन कांग्रेसद्वारा कलैया अस्पतालका बिरामीहरुलाई खाजा वितरण

MadhesKhabar

Leave a Comment