Madhes Khabar
समाज

ठोरीमा फेरि बाघको आतंक , स्थानीयवासी त्रसीत

तस्वीर :रेडियो विजयवस्ती

मधेसखबर
वीरगन्ज,११असार :पर्साको ठोरीमा बाघले फेरि आतंक मच्चाएको छ । पर्सा राष्ट्रिय निकुन्ज र चितवन राष्ट्रिय निुकन्जको जंगलबाट मानववस्तीमा पसेर बाघले आतंक मच्चाउदै आएका कारण ठोरीका स्थानीय त्रसीत भएका छन् ।

ठोरी गाँउपालिका वडा नम्बर १ मा पर्ने जंगलसंगै जोडिएको चौतारा क्षेत्रमा केहि दिन यता देखि बाघको आतंक बढेको छ । शुक्रबार राति फेरि बाघले चौताराका ज्ञान बहादुर स्याङतानले पालेको एउटा बंगुर मारेर खाइ दिएको छ ।खोरबाट बाघले बंगुर निकालेर खाएको स्थानीय प्रत्यक्षदर्शी जगेन्द्र पौडेलले बताए । बाघले स्थानीयको केहि पाडा तथा अरु घरपालुवा जनावर समेत मारेको स्थानीयले बताएका छन् ।

यसअघि असार ८ गते राती पनि स्याङतानकै खोरमा रहेको एउटा बाख्रा र एउटा बंगुर बाघले मारेर खाएपछि स्थानीयले चितवन राष्ट्रिय निकुन्जका सुरक्षाकर्मीलाई जानकारी गराएका थिए ।

पटक पटक बाघ गाउँमै पसेर क्षति पु¥याउन थालेपछि नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेनाको टोली चौतारा क्षेत्रमा पुगेको छ । शनिबार दिउँसो चितवन राष्ट्रिय निकुन्जबाट हात्ती सहित नेपाली सेनाको टोली आउने र बाघलाई नियन्त्रणमा लिने तयारी भइरहेको स्थानीयले बताएका छ्न् ।

Related posts

पर्सागढी नगरपालिकाको चार वटा वडामा कांग्रेसले गर्यो वृक्षारोपण

MadhesKhabar

वीरगन्ज महानगरकाे सहयाेगमा साहिब दरबारले २०५ जनालाई बाँड्याे कम्बल

MadhesKhabar

साहिब दरबारले आयोजना गरेकाे कार्यक्रममा १ सय ५५ जनाले गरे रगतदान

MadhesKhabar

Leave a Comment