Madhes Khabar
हेडलाइन

सखुवा प्रसौनी गाँउपालिकाको गाँउसभा सम्पन्न, नीति तथा कार्यक्रमको प्राथमिकतामा शिक्षा ,स्वास्थ्य र कृषि

माधुरी महत्तो
वीरगन्ज,१० असार : पर्साको सखुवा प्रसौनी गाँउपालिकाको नवौं गाँउसभा शुक्रबार सम्पन्न भएको छ ।

गाँउपालिका कार्यालयकै भवनमा सम्पन्न गाँउसभाले शिक्षा, स्वास्थ्य र कृषिलाइ प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति , कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।गाँउसभामा गाँउपालिकाकी उपाध्यक्ष शर्मीला विष्टले आगामी आर्थिक वर्षका लागि ५७ करोड ६९ लाख २१ हजार ५ सय ७६ रुपैयाको बजेट प्रस्तुत गरेकी हुन् ।

आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ल्याइएको नीति , कार्यक्रम तथा बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाइ प्राथकितामा राखिएको गाँउपालिका अध्यक्ष यशवन्त यादवले बताए ।

नीति तथा कार्यक्रममा गाँउपालिकाको आफनै प्रशासनिक भवन निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी उनले दिए । यस्तै बाँकी रहेका तीन वटा वडामा बर्थिङ सेन्टरको भवन निर्माण गरि सन्चालन गरिने , ज्येष्ठ नागरिक , गर्भवती र सुत्केरी महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने , सर्वसाधरण बिरामीका लागि भने इन्धन शुल्क मात्र लिएर एम्बुलेन्स सेवा उपलब्ध गराइने यादवले बताए ।
महुवनमा रहेको प्रसिद्ध पारसनाथ मन्दिरलाइ धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गरिने , पर्सागढी नगरपालिकामा रहेको कोइलाभार मन्दिर देखि सखुवनीया हुदै सिद्धपुर स्थित शीवधाम मन्दिर सम्मको क्षेत्रलाइ पनि धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गरिने योजनामा पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको गाँउपालिका अध्यक्ष यादवले जानकारी दिए ।

गाँउपालिकाभरका एक गाँउ देखि अर्को गाँउ सम्म जोड्ने सबै सडकलाइ कालोपत्रे गरिने , पालिकामा १५ शैयाको सुविधासम्पन्न अस्पताल निर्माण गरि सन्चालनमा ल्याइने योजना पनि नीति तथा कार्यक्रममा समावेश गरिएको यादवले बताए ।पालिकामा रहेको एउटा सामुदायिक विद्यालयमा स्नातक तह सम्मको अध्ययन अध्यापन सन्चालन गरिने र युवालाइ रोजगारीका लागि विशेष कार्यक्रम ल्याइने पनि उनले बताए ।

गाँउपालिका अध्यक्ष यादवकै अध्यक्षतामा भएको गाँउसभामा प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह , ६ वटै वडाका वडाअध्यक्ष , वडा सदस्य , कार्यपालिका सदस्य लगायतको सहभागीता रहेको थियो ।

Related posts

मुख्य नालामाथी बनेको हरिखेतान क्याम्पस भवन भत्काएर हटाउन वीरगन्ज महानगरको निर्देशन

MadhesKhabar

वीरगन्ज आएर उपेन्द्र यादवले भने : हैसियत अनुसार सिट नपाए जसपा एक्लै चुनाव लड्छ

MadhesKhabar

घुस लिने बारा मालपोत कार्यालयका कर्मचारी र बिचौलिया अख्तियारको फन्दामा

MadhesKhabar

Leave a Comment