Madhes Khabar
अर्थतन्‍त्र

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर घटाउन सरकारलाइ निर्देशन

मधेसखखबर
वीरगन्ज,१०असार : संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सर्वसाधारणलाई असर पर्न गएको जनाउँदै समितिले तत्कालै करमा ५० प्रतिशत घटाएर जनतालाई राहत दिन निर्देशन दिएको हो ।

समिति अन्तर्गतको बजार अनुगमन उपसमितिको बैठकले शुक्रबार नेपाल आयल निगमका पदाधिकारीसँग छलफल गरेको थियो । छलफलपछि समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र आयल निगमलाई हाल लाग्दै आएको करमा ५० प्रतिशत घटाउन निर्देशन दिएको हो ।

हाल पेट्रोलमा प्रतिलिटर ६५ रुपैयाँ ६१ पैसा, डिजेलमा ४९ रुपैयाँ ५३ पैसा, मट्टितेलमा १४ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा प्रतिलिटर २५ रुपैयाँ ७५ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ३२० रुपैयाँ ८४ पैसा कर सरकारले लगाउदै आएको छ ।

Related posts

नेपाली युवा उद्यमी मञ्च वीरगन्जको अध्यक्षमा शाह सर्वसम्मत चयन

MadhesKhabar

वीरगन्ज नाकाबाट एक वर्षमा पेट्रोलियम पदार्थको आयातबाट मात्रै ८१ अर्ब रुपैयाँ राजस्व संकलन

MadhesKhabar

नेपाल बैंकबाट २० अर्ब रुपैयाँ गायब

MadhesKhabar

Leave a Comment