Madhes Khabar
अर्थतन्‍त्र

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर घटाउन सरकारलाइ निर्देशन

मधेसखखबर
वीरगन्ज,१०असार : संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सर्वसाधारणलाई असर पर्न गएको जनाउँदै समितिले तत्कालै करमा ५० प्रतिशत घटाएर जनतालाई राहत दिन निर्देशन दिएको हो ।

समिति अन्तर्गतको बजार अनुगमन उपसमितिको बैठकले शुक्रबार नेपाल आयल निगमका पदाधिकारीसँग छलफल गरेको थियो । छलफलपछि समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र आयल निगमलाई हाल लाग्दै आएको करमा ५० प्रतिशत घटाउन निर्देशन दिएको हो ।

हाल पेट्रोलमा प्रतिलिटर ६५ रुपैयाँ ६१ पैसा, डिजेलमा ४९ रुपैयाँ ५३ पैसा, मट्टितेलमा १४ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा प्रतिलिटर २५ रुपैयाँ ७५ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ३२० रुपैयाँ ८४ पैसा कर सरकारले लगाउदै आएको छ ।

Related posts

कर नतिर्ने वीरगन्जका १९ करदाताको सम्पति र बैंक खाता रोक्का

MadhesKhabar

घट्याे डिजल र मट्टीतेलकाे मूल्य

MadhesKhabar

जेनजी आन्दोलनका कारण निजी क्षेत्रमा करिब ३६ अर्बको क्षति

MadhesKhabar

Leave a Comment