Madhes Khabar
समाचार

वीरगन्ज महानगरको श्वेतपत्र जारी गर्नका लागि चौधरीको संयोजकत्वमा ९ सदस्यिय समिति गठन

मधेसखबर
वीरगन्ज,३१जेठ : वीरगन्ज महानगरपालिकाले श्वेतपत्र जारी गर्नका लागि डाक्टर दिपेन्द्र कुमार चौधरीको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेकोे छ ।
महानगरपालिकाको वर्तमान अवस्था बारे नगरवासीलाइ जानकारी गराउन असार ५ गते महानगरपालिकाले श्वतेपत्र जारी गर्ने तयारी गरिरहेको छ । त्यसैका लागि महानगरका मेयर राजेशमान सिंहले पूजीगत बजेट विषयमा विद्यावारिधि (पिएचडी) गरेका डाक्टर चौधरीको संयोजकत्वमा श्वेत पत्र २०७९ तर्जुमा गरी पेश गर्ने समिति गठन गरेका हुन् । उक्त समितिको सदस्यमा संदिप रौनियार, बासुलाल कर्ण, सत्यराज घिमिरे, अरविन्दलाल कर्ण, हरीशंकर प्रसाद कुर्मी, रुपनारायण राउत, रामकुमार कुशवाहा, ईश्वर बराल लगायतका रहेका छन् ।
वीरगन्ज महानगरपालिकाको नगर कार्यपालिकाको जेठ २३ गते बसेको बैठकले वीरगन्ज महानगरपालिकाको वर्तमान अवस्थाको विस्तृत विवरण समेटिएको श्वेत पत्र जारी गर्ने निर्णय गरेको थियो ।
उक्त श्वेतपत्र असार ५ गते जारी गरिने मेयर सिंहले बताएका छन् ।

Related posts

निजामती कर्मचारी संगठन मधेस प्रदेशकाे उपाध्यक्षमा पर्साका कुशवाहा निर्वाचित

MadhesKhabar

पोखरीया नगरपालिकाले ५२ करोडको बजेट ल्यायो

MadhesKhabar

नेपाल-भारत युवा मैत्री संघ पर्साकाे अध्यक्षमा कांग्रेस युवा नेता यादव मनाेनित

MadhesKhabar

Leave a Comment