जनकपुर,१९माघ:भारतको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी शनिबार साँझ दुर्घटना हुँदा ५ जना नेपालीको मृत्यु भएको छ ।
बिहारको मुजफ्फरपुरमा शनिबार साँझ नेपाली तीर्थयात्री बोकेको भारतीय नम्बर प्लेटकाे गाडी दुर्घटनामा पर्दा धनुषा र महाेत्तरीका ५ जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले जानकरी दिए ।
मृत्यु हुनेहरुमा ४५ बर्षीया मन्तार्नी देवी , ३० बर्षीया अर्चना ठाकुर, ६० बर्षीया बालाकृष्ण झा ५५ बर्षीया इन्दु देवी र गाडीका चालक रहेका छन् ।
दुर्घटनामा ३० बर्षीय मनोहर ठाकुर, २५ बर्षीया कामिनी झा, ७ बर्षीया सृष्टि ठाकुर र ५० बर्षीया जगतारण देवी गम्भीर घाइते भएको सिंहले बताए ।
दुर्घटनाकाे बिस्तृत विवरण आउन बाँकी रहेकाे उनले बताए ।साभार:ईकान्तिपुर

