Madhes Khabar
राजनीति

अर्थमन्त्री शर्मालाइ राजीनामा दिन प्रचण्डको सुझाव

काठमाण्डौ, ३०जेठ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाव दिएका छन्। अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा सोमबार प्रकाशित भएको समाचारबारे शनिबारको छापा र आइतबारको अनलाइन संस्करणमा बजेट लेखनमा अनाधिकृत व्यक्तिको भूमिकाका बारेमा खोजमुलुक समाचार आउँदै गरेको जानकारी गराइएका थियो।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आइतबार बेलुकी अर्थमन्त्री शर्मालाई निवासमा बोलाई बजेटमा अनाधिृकत व्यक्तिको भूमिकाका बारेमा अन्नपूर्ण पोष्ट् दैनिकमा प्रकाशित हुने समाचारको विषयमा सोधेका थिए। स्रोतका अनुसार दाहालले मिडियामा आए जस्तै बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिको प्रयोग गर्नु भएको हो भनेर अर्थमन्त्री शर्मालाई प्रश्न गरेका थिए। जवाफ शर्माले आफूबाट केही गल्ती भएको हुन सक्ने भनेका थिए।

सोमबार बिहान पनि अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई हटाउने बारेमा माओवादी भित्र छलफल गरेको खुमलटार स्रोतले जनाएको छ। त्यसपछि प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीकै अधिकांश नेताहरु अर्थमन्त्रीको कार्यशैलीबाट असन्तुष्टि रहेको शर्मालाई सुनाएका थिए। ’प्रधानमन्त्री र हाम्रै पार्टीका अधिकांश नेताहरुले तपाईको भूमिकाप्रति प्रश्न उठाएका छन्। तपाई स्वयंले राजीनामा गर्दा राम्रो हुन्छ, पार्टीले फिर्ता बोलाउने निर्णय गर्दा नराम्रो सन्देश जान्छ।’ अध्यक्ष दाहाल र शर्माबीच भएको संवाद उदृत गर्दै माओवादी केन्द्रका उच्च अधिकारीले अन्नपूर्णलाई बताए।
सोमबार अन्नपूर्ण पोस्ट्मा ‘बिहानी प्रहर जब पूर्वनासुले बजेट चलाए…’शीर्षकमा समाचार प्रकाशित भएपछि अर्थमन्त्री शर्माको तीब्र आलोचना भइरहेको छ। अर्थ विज्ञहरुले समेत यस आर्थिक वर्षको बजेट सेटिङमा आएको आरोप लगाएका छन्। सोमबार बिहान पनि अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई हटाउने बारेमा माओवादी भित्र छलफल गरेको खुमलटार स्रोतले जनाएको छ।
शर्माले अर्थ मन्त्रालयकै भन्सार विभागबाट २०७५ फागुन १ गते नायबसुब्बा पदबाट राजीनामा दिएका रघुनाथ घिमिरेलाई जेठ १४ गते मध्यराति बजेटमा हेरफेरमा संलग्न गराएका थिए। अर्थमन्त्री शर्माले घिमिरे कार्यकक्षमा पस्ने बित्तिकै त्यो चुकुल लगाउन निर्देशन दिएर मन्त्रालयका कर्मचारीलाई भनेका थिए,‘उहाँहरू राजस्व विज्ञ हुनुहुन्छ। राजस्वका दरबारे मेरातर्फबाट उहाँहरूले केही फेरबदल गर्न सक्नुहुन्छ। उहाँहरूले जे–जे मिलाउनुहुन्छ, त्यसमै सही गरेर मकहाँ ल्याउनुहोला।’ त्यसपछि कथित विज्ञहरूबाट बजेटका राजस्व दरमा निर्ममतापूर्वक तलमाथि भएको थियो। विश्लेषण–आँकलन गरेर बजेट तयार पारेका विज्ञ अधिकारीहरू ‘आयातित विज्ञ’का सामु निरीह र मौन रहनु परेको थियो ।
यस अगाडि पनि विवादास्पद व्यापारी पृथ्वी शाहको अमेरिकाबाट आएको शंकास्पद ४० करोड रुपैयाँ छुटाउन अर्थमन्त्री स्वयंले तोक आदेश दिएका थिए। शाहले गत चैत ११ गते अर्थमन्त्री जनार्दन शर्मालाई सोझै निवेदन दिएका थिए। उनका ११ कम्पनीका नाममा आएको रकम छुटाउन उनले सादा कागजमा निवेदन लेखेका थिए। त्यसमा अर्थमन्त्री शर्माले चैत १३ गते मन्त्रालयका सचिवलाई तोक लगाउँदै लेखेका थिए, ‘के कति कारणले खाता रोक्का भएको हो, स्पष्ट जानकारी माग गर्न र साथै खाता खु्लाउन अनुरोध गरी पठाउने।’
अर्थ मन्त्रालय स्रोतका अनुसार त्यसबारे सोधनी भएर राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मन्त्रालयले पत्राचार गरेको थियो। त्यसमा गभर्नर अधिकारीले ‘रोक्का गर्नुको कारणसहित लेखी पठाउने’ भनी तोक लगाएका थिए। र, राष्ट्र बैंकले अर्थलाई‘भुक्तानी दिन नमिल्ने’ कानुनी र अन्य कारण प्रस्ट्याउँदै पत्राचार गरेको थियो। त्यही कारण अर्थमन्त्री शर्मा गभर्नर अधिकारीसँग रुष्ट भएका थिए। सोहि विषयलाई लिएर गर्भनर अधिकारीलाई सरकारले निलम्बन गरेको थियो। पछि सर्वोच्च अदालतले पुनः बहाली गरेको हो ।अन्नपूर्ण पोष्ट

Related posts

बारामा उपेन्द्र यादवलाई चाँदीको मुकुट लगाएर सम्मान

MadhesKhabar

कांग्रेसको प्रशिक्षण कार्यक्रममा ३ जना सहभागी पठाउने प्रेस युनियन पर्साको निर्णय

MadhesKhabar

पर्सा २ (ख) को प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार रुपेशमान अगाडि

MadhesKhabar

Leave a Comment