
मधेसखबर
वीरगन्ज,२९जेठः वीरगन्ज महानगरपालिकाले महानगरले संकलन गर्ने करको दर र दायरा निर्धारण बारे उद्योगी व्यपारीहरुसंग छलफल गरेर सुझाव लिएको छ ।
आइतबार महानगरपालिकाकै सभाकक्षमा यहाका उद्योगी व्यवसायी र व्यपारीहरुलाइ बोलाएर मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमले सुझाव लिएका हुन् । छलफलमा सहभागी उद्योगी व्यवसायीले महानगरले अनावश्यक र बढी कर संकलन गरेको भन्दै करको दर र दायरा बारे पुर्नरावलोकन गर्न सुझाव दिए । महानगरले विभिन्न शीर्षकमा अनावश्यक कर उठाउदै आएको भन्दै उनिहरुले त्यस्ता करहरु हटाउन सुझाव दिए । कर दर होइन दायरा बढाउनु पर्नेमा उनिहरुको जोड थियो । उनीहरुले अव्यवहारिक तरिकाले कर लिन खोज्दा उद्योगी व्यपारी मात्र लभइ जनता समेत मारमा परेको गुनोसो गरेका थिए ।
उद्योगी व्यवसायीको गुनासो र सुझाव सुनेपछि मेयर सिंहले महानगरवाासीको समस्या र चाहना अनुसार नै करको दर र दायरा निर्धारण गरिने बताए । असार १० गते हुने महानगरपालिकाको नगर परिषदमा उद्योगी व्यवासीको सुझावलाइ समेटेर कर सम्बन्धि समस्या सामधान गरिने आश्वासन उनले दिए । मेयर सिंहले सहज तरिकाले अनिवार्य कर तिर्ने वातावरणको बिकाश गर्न उद्योगी व्यवाासीसंग राय संकलन गरिएको बताए ।
आइतबारको छलफलमा वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी र सदस्य, होटल व्यवसायी, यातायात व्यवसायी, बिद्यालय, अस्पताल, उपभोक्ताका अगुवा, बैंक तथा बित्तीय संस्थाका प्रतिनिधिहरुले आ आफनो सुझाव दिएका थिए ।

