Madhes Khabar
शिक्षा

बखरीको विद्यालयमा विधार्थीहरुलाइ पाठ्यपुस्तक वितरण

मधेसखबर
वीरगन्ज,२७जेठ :पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ४ बखरी गाँउमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विधालयमा अध्ययनरत विधार्थीहरुलाइ शुक्रबार पाठ्यपुस्तक र स्टेशनरी सामाग्री वितरण गरिएको छ ।
वडा अध्यक्ष अब्बास मियाँले कक्षा १ देखि ५ सम्म अध्ययनरत विधार्थीहरुलाइ पाठ्यपुस्तक र स्टेशनरी सामाग्री वितरण गरेका हुन् ।नयाँ शैक्षिक सत्र शुरु भइसकेकाले समयमा नै विद्याार्थीहरुलाइ पाठ्यपुस्तक र शैक्षिक सामाग्री वितरण गरिएको वडा सदस्य कमल ठाकुरले बताए ।
विधार्थीहरुलाइ पाठ्यपुस्तक र स्टेशनरी सामाग्री वितरण पछि विधालयको शैक्षिक र भौतिक अवस्था बारे जानकारी लिदै वडा अध्यक्ष मियाँले सुधारका लागि शिक्षकहरुलाइ निर्देशन पनि दिए । उनले समयमा विधालयमा नआउने शिक्षकलाइ कार्वाही गर्ने चेतावनी पनि दिए ।
त्यसअवसरमा वडासदस्यहरु मदन सहनी र रामनारायण कुर्मी, स्थानियवासी ईसराइल मियाँ, शिक्षक गोविन्द पटेल,जनार्दन साह, किरण देबीको पनि उपस्थिती रहेको थियोे ।

Related posts

कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा २ जना पक्राउ

MadhesKhabar

त्रिवी भन्दा पनि जेठो ठाकुरराम क्याम्पस धराशायी बन्दै

MadhesKhabar

आगामी शैक्षिक सत्र १ वैशाखमै सुरु हुने

MadhesKhabar

Leave a Comment