
मधेसखबर
वीरगन्ज,२७जेठ: बारामा आफ्नै छोरीलाई वर्षौंदेखि बलात्कार गरेको आरोपमा एक जना जनप्रतिनिधि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १७ मा नेकपा एमालेबाट निर्वाचित वडा सदस्य ४० वर्षीय टल्के थिङ्ग रहेका छन् । विगत ५ वर्षदेखि आफ्नै छोरीलाई बलत्कार गरिरहेको आरोपमा थिङ्गलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार पिडित छोरीले दिएको किटानी जाहेरीको आधारमा बुधबार दिउँसो थिङ्गलाई प्रहरीले पक्राऊ गरेको छ । पक्राऊ परेका थिङ्ग विरुद्ध बिहिबार बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराएर अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

