
मधेसखबर
वीरगन्ज,२६जेठः सप्तरीमा बिहीबार दिउँसोे गाइ चराउन गएका बेला चट्याङ लागेर दुइ जनाको मृत्यु भएको छ ।
सप्तरीको बोदे बरसाइन नगरपालिका वडा नम्बर ३ मधुवनमा बिहीबार दिउँसो वर्षासँगै परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मधुवन गाँउकाका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादव रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बोदे बरसाइनका अनुसार , गाइ चराउन गएका बेला बिहीबार दिउँसो वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवै जना माथि चट्याङ परेर उनिहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी वरिष्ठ नायव निरीक्षक सुरेश पालले जानकारी दिए ।

