Madhes Khabar
समाज

अस्पतालमा बिजोग परेका दलित बृद्ध दम्पतिलाइ मेयर सिंहद्धारा आर्थिक सहयोग

मधेसखबर
वीरगन्ज,२१जेठः
वीरगन्जको नारायणी अस्पतालमा पाच दिन देखि भर्ना रहेका दलित दम्पतिको उपचारका लागि वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले आर्थिक सहयोग गरेका छन् ।
अस्पतालमा भर्ना भएपनि पैसाको अभावमा उपचारको पर्खाइमा रहेका ७३ वर्षिय बच्चा महरा र उनकी श्रीमति ७० वर्षिया छठिया देवी महराका बारेमा खबर पाएपछि शनिबार बिहान आफै अस्पतालमा पुगेर मेयर सिंहले आर्थिक सहयोग गरेका हुन् ।
पर्साको पर्सागढी नगरपालिका ५ जिङ्गनाका ७३ वर्षीय बच्चा महरा र उनकी श्रीमति ७० वर्षीया छठिया दुवै उपचारको पर्खाइमा रहेको खबर विभिन्न सन्चार माध्यमबाट शुक्रबार सार्वजनिक भएको थियो । त्यो खबर पाएर शनिबार मेयर सिंह अस्पतालमा पुगेका थिए । बृद्ध दम्पत्तीको स्वास्थ्य अवस्था बारे बुझ्दै सिंहले उपचारका लागि आर्थिक सहयोग गर्नुका साथै पोषिलो आहारका लागि व्यवस्था पनि मिलाइ दिएका छन् । सिंहले ती बृद्ध दम्पत्तीको औषधी उपचारमा कुनै कमी नगर्न चिकित्सकहरुलाई निर्देशन दिँदै कुनै समस्या भए आफूलाई सिधै खबर गरेर जानकारी गराउन पनि आग्रह गरे ।
७३ वर्षिया महराको फागुनमा पक्षाघात भएपछि शरीरको आधा भाग शिथिल बनेको छ । दाहिने खुट्टामा आएको घाउ बल्झिँदै गएर पाकेपछि श्रीमति छठियाले पतिलाई गत मङगलवार उपचारार्थ अस्पताल भर्ना गर्न ल्याइन् । निःसन्तान महरा दम्पतीको सम्पत्तिको नाममा २ धुर जग्गामा बनेको एउटा छाप्रो मात्र छ । उमेरमा ज्याला मजदुरी गरेर पेट पालेको महरा दम्पतीको अहिले अशक्त भएपछि वृद्ध भत्ताले मात्रै भरथेग भइरहेको छ । त्यतिले खान–लाउन मुस्किलले पुगिरहेको छ ।
छठियाले पतिको खुट्टाको घाउमा कीरा परेपछि आफू सरकारी अस्पताल खोज्दै उपचारका लागि यहाँ आएको बताइन्  ।आफु पनि अशक्त भइसकेको र दुवै खुट्टा सुन्निएकाले हिँडडुल गर्न गा¥हो भइरहेको उनले बताइन् । सन्तान नभएकाले बुढेसकालमा आफूहरूको रेखदेख तथा स्याहारसुसार गर्ने र औषधिमुलो गरिदिने पनि कोही नभएर निकै दुःख पाएको उनले बताइन् ।
अस्पतालको सर्जिकल वार्डका इन्चार्ज अहेव श्याम चौधरीले बच्चाको खुट्टाको घाउमा लागेका कीरा औषधि हालेर हटाइएको बताए । प्यारालिइसिसका कारण खुट्टाको नसा सुकेर रक्तसञ्चार हुन नसकेको भन्दै उनले घाउ निको हुन महिनौं दिन पनि लाग्न सक्ने बताए ।
कुरुवा बसेकी पत्नी छठियाको स्वास्थ्य अवस्था पनि कमजोर रहेको र उनको पनि स्वास्थ्य परीक्षणपछि आवश्यक उपचार गर्ने चौधरीले बताए ।

Related posts

सर्लाहीमा गोली प्रहारबाट सब इन्जिनियर प्रमोद यादवको मृत्यु

MadhesKhabar

छोरी जन्मिएपछि नारायणी अस्पतालको बेडमै छोडेर आमा बेपत्ता

MadhesKhabar

पर्सागढीको आमोदेवीमा मानव सेवा केन्द्र भवनको सिलान्याश

MadhesKhabar

Leave a Comment