Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्ज चिनी मिल चले आफनो घर सरकारको नाममा गरिदिने सांसद श्रीवास्तवको घोषणा

मधेसखबर
वीरगन्ज,१८जेठ
: पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य (सांसद) विमल श्रीवास्तवले २० वर्ष देखि बन्द रहेको वीरगन्ज चिनी कारखाना र कृृषि औजार कारखाना सरकारले सन्चालनमा ल्याउन चुनौती दिएका छन् । सरकारले चीनी कारखाना र कृषि औजार कारखाना सन्चालनममा ल्याए आफनो नाममा रहेको घर सरकारको नाममा गरिदिने घोषणा पनि उनले गरेका छन् ।
बुधबार संसदमा सरकारले ल्याएको बजेट माथिको छलफलमा बोल्दै सांसद श्रीवास्तवले वीरगन्ज चिनी कारखाना र कृषि औजाार कारखाना सन्चालनलमा ल्याउने सरकारको घोषणाको स्वागत पनि गरे ।
नयाँ आर्थिक वर्ष २०७९÷०८० का लागि सरकारले ल्याएको बजेटमा वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखाना उचित ढाँचामा सन्चालनमा ल्याउने घोषणा गरिएको छ ।
सांसद श्रीवास्तवले भने ,‘ यदि यहि वर्ष सरकारले वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखाना सन्चालनमा ल्यायो भने वीरगन्जमा मेरो नाममा रहेको घर सरकारको नाममा गरिदिन्छु ।
उनले थपे,‘ हुन त म त्यति सम्पन्न व्यक्ति त होइन, मसँग पैसा पनि छैन , तर वीरगन्जका दुवै कारखाना सन्चालन भयो भने मेरो एउटा घर छ त्यो घर कि त सरकारको नाममा गरिदिन्छु कि त्यो बेचेर आउने सबै पैसा सरकारलाइ दिन्छु आज यो संसदमा प्रतिज्ञा गर्दछु ।

Related posts

वीरगन्जमा सहकारी सशक्तीकरणका लागि कार्यशाला गोष्ठी सम्पन्न

MadhesKhabar

सरकारले फेरि बढायाे पेट्रोल र डिजेलकाे मूल्य

MadhesKhabar

सरकारले भन्सार शुल्क घटाए पनि वीरगन्जका व्यपारीले बढेकै मुल्यमा खाने तेल बेच्दै

MadhesKhabar

Leave a Comment