Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्जमा सहकारी सशक्तीकरणका लागि कार्यशाला गोष्ठी सम्पन्न

वीरगन्ज,२७बैशाखःवीरगन्जमा शनिबार कोपरेटिभ म्यानेजर्स क्लब पर्साको आयोजनामा तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड वीरगन्ज शाखाको प्राविधिक सहयोगमा “नियमकिय निर्देशन र पुँजी पर्याप्तताः सिद्धान्त, गणना र कार्यान्वयन” विषयक एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

कार्यक्रममा सहकारी क्षेत्रको दीर्घकालीन वित्तीय सुदृढता, नियमन र पारदर्शिता अभिवृद्धिका लागि आवश्यक नियम, निर्देशन र पुँजी गणनाका विधिहरूबारे छलफल गरिएको थियो। शाखा प्रबन्धन्धकहरुले सहकारीको वर्तमान अवस्था र भविष्यका सम्भावना प्रस्तुत गर्दै सहकारी व्यवस्थापनमा बैंकको सहकार्य र सहयोग अझ सुदृढ बनाउने प्रतिवद्धता जनाए।

वीरगन्जको होटल पुजनमा क्लबका अध्यक्ष रविभूषण श्रीवास्तवको अध्यक्षतामा आयोजित गोष्ठीमा पर्साका ७० सहकारी संस्थाका प्रबन्धकहरूको सहभागिता थियो ।गोष्ठीको उद्घाटन राष्ट्रिय सहकारी बैंकका सञ्चालक विश्वनाथ मण्डलले गरेका थिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाई, क्लबका संस्थापक अध्यक्ष जिस्नु बराल, निवर्तमान अध्यक्ष चन्देश्वर प्रसाद चौरसियाको समेत उपस्थिति थियो।

Related posts

वीरगन्ज नाकाबाट विद्युतीय सवारी साधनको आयात हृवात्तै बढ्यो

MadhesKhabar

काठमाडौं–मधेस फास्ट ट्रयाक निर्माणको कामले अब तीव्रता पाउछ : प्रधानमन्त्री प्रचण्ड

MadhesKhabar

सानो पाइलाका सञ्चालक जीबी राईलाई पक्राउ गर्न माग गर्दै वीरगन्जमा प्रदर्शन

MadhesKhabar

Leave a Comment