Madhes Khabar
अर्थतन्‍त्र

काठमाडौं–मधेस फास्ट ट्रयाक निर्माणको कामले अब तीव्रता पाउछ : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा , ५बैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले काठमाडौं–तराई–मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माणको कामले अब तीव्रता पाउने बताएका छन् ।

मंगलबार फास्ट ट्रयाकको मकवानपुरको बकैया–५ स्थित क्षेत्रको स्थलगत अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले कोरोना संक्रमण जोखिमले निर्माण कार्यमा केही ढिलाइ हुन गएको भएतापनि प्रगति विवरण सन्तोषजनक नै रहेको बताए ।

उनले भने,‘हामीले अवलोकन ग¥यौं,प्रत्यक्ष हेर्दा काम राम्रै भएको अनुभूति भयो । ठूला–ठूला टनेलहरू बनिरहेका छन् । हिजो मात्रै पनि काठमाडौंमा ब्रिफिङ भएको थियो । कोरोनाका कारण झण्डै साँढे दुई वर्ष काम रोकिएको छ । त्यसलाई मेन्टेन गर्न केही समस्या भएतापनि अब द्रूत मार्ग द्रूत गतिमै निर्माण हुन्छ । त्यसतर्फ सरकारले पहल गर्छ ।’

उनले फास्ट ट्रयाकका निम्ति आवश्यक पर्ने ऐलानी जग्गा र अन्य विभिन्न विषयमाथि मन्त्रिपरिषद्को बैठकबाट निर्णय लिई निर्माणको कार्यमा सहजता प्रदान गरिने बताए ।

प्रधानमन्त्री प्रचण्डले द्रूतमार्ग निर्माणको जिम्मा कसलाई दिने भन्ने बहस भएका बेला आफैं प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताउँदै राष्ट्रको भावना,जनताको चाहना र मनोविज्ञानको कदरस्वरुप नेपाली सेनालाई निर्माणको जिम्मा दिइएको स्मरण गरे ।

आफ्नै कार्यकालमा शिलान्यास भएको बताउँदै उनले द्रूत मार्गको उद्घाटन पनि आफ्नै कार्यकालमा हुने प्रतिवद्धता व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अर्थमन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वला,बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा,बागमती प्रदेशका मन्त्री र मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलगायत सुरक्षा निकायका उच्च पदस्थ अधिकारीको सहभागिता रहेको थियो । साभार : अन्नपूर्णपोष्ट

Related posts

सिमरा सेजमा २५ उद्योगलाई अनुमति

MadhesKhabar

वीरगन्जको खाद्य व्यवस्था कम्पनीले दसैंका लागि मकवानपुरबाट १ करोडको खसी–बोका खरिद गर्‍यो

MadhesKhabar

विधुत बक्यौताको बाँकी किस्ता नतिर्ने उद्योगीहरुलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

MadhesKhabar

Leave a Comment