Madhes Khabar
हेडलाइन

वीरगन्ज चिनी कारखाना सन्चालनमा ल्याउने सरकारको घोषणा

माधुरी महत्तो
वीरगन्ज,१५जेठः
दुइ दशक देखि बन्द रहेको वीरगन्ज चिनी कारखाना सरकारले सन्चालनमा ल्याउने घोषणा गरेको छ ।
आइतबार संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले बन्द भइ रुंग्ण अवस्थामा पुगिसकेको वीरगन्ज चिनी कारखाना ,सरकारले पुर्नसंचालनमा ल्याउने घोषणा गरेका हुन् । यसका साथै बन्द रहेको वीरगन्जको कृृषि औजार कारखाना पनि सन्चालनमा ल्याउने कार्यक्रम बजेटमा समेटिएको अर्थमन्त्री शर्माले बताए ।
लामो समय देखि बन्द भइ रुग्ण अवस्थामा रहेका वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखाना उपयुक्त ढाँचामा सन्चालनमा ल्याइने अर्थमन्त्री शर्माले बताए । तर कुन ढाँचामा सन्चालन गर्ने भन्ने विषयमा बजेटमा खुलाइएको छैन ।
पर्सा , बारा र रौतहटका झण्डै २० हजार किसानलाइ पाल्दै आएको वीरगन्ज चिनी कारखाना बन्द भएको दुइ दशक भइसकेको छ ।
तत्कालीन सोभियत संघ रुसको आर्थिक सहयोगमा नेपाल सरकारले २०२१ साल देखि सन्चालनमा ल्याएको वीरगन्ज चीनी कारखाना २०५९ सालमा बन्द भएको हो । तात्कालीन शाही सरकारले चिनी कारखाना घाटामा गएको भदै २०५९ साल फागुन १६ गते कारखाना बन्द गर्ने निर्णय गरेको थियो । यस्तै कृृषि औजार कारखाना पनि दुइ दशक देखि नै बन्द छ ।

Related posts

खोरमा राखिएका नरभक्षी बाघ पाल्न पर्सा राष्ट्रिय निकुञ्जलाई समस्या

MadhesKhabar

वीरगन्ज महानगरले कडाई गरेपछि ५० प्रतिशतले बढ्यो व्यवसाय दर्ता

MadhesKhabar

बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शनको विरोधमा उधोगीहरुको र्यालि

MadhesKhabar

Leave a Comment