Madhes Khabar
राजनीति

जसपाका अध्यक्ष उपेन्द्र भन्छन् – वीरगन्जमा निर्वाचित नयाँ नेतृत्वले जनतालाइ निराश पार्दैन

माधुरी महत्तो
वीरगन्ज,१२जेठ
:जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले शिक्षा र स्वास्थ्यलाइ प्राथमिकतामा राखेर काम गर्न वीरगन्ज महानगरका नवनिर्वाचित नेतृत्वलाइ आग्रह गरेका छन् ।
बिहीबार साँझ वीरगन्जमा आयोजित सपथग्रहण समारोहलाइ प्रमुख अतिथीका रुपमा सम्बोधन गर्दै पुर्व उप्रधानमन्त्री समेत रहेका यादवले वीरगन्ज देशकै आर्थिक राजधानी भएकाले यो शहरको गरिमा कायम राख्ने गरि काम गर्न अनुरोध गरे ।
उननले भने,‘ वीरगन्जको अहिले नवनिर्वाचित नेतृत्वले जनतालाइ निराश पार्दैनन् भन्ने विश्वास मैले लिएको छु ।
लोकतन्त्र र समावेशीता बेगर कहिल्यै पनि आर्थिक विकास सम्भव नहुने भन्दै उनले जुन ठाँउमा असमानता ,शोषण र विभेद रहिरन्छ त्यहा आर्थिक विकास सम्भव नहुने बताए ।
अहिले सम्म प्राप्त अधिकारको संरक्षण गर्दै बाँकी राजनीतिक परिवर्तनलाइ अगाडि बढाउदै आर्थिक विकासका तर्फ अगाडि बढ्ने आवश्यकता अहिलेको भएको उनले बताए ।


वीरगन्जको विकासका लागि प्रदेश सरकारले बजेट दिन्छ – मुख्यमन्त्री राउत
समारोहलाइ सम्बोधन गर्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले व्यवस्थित शहर निर्माणका लागि अगाडि बढ्न नवनिर्वाचित मेयर राजेशमान सिंहलाइ अनुरोध गरे । त्यसका लागि आवश्यक बजेट प्रदेश सरकारले उपलब्ध गराउने प्रतिबद्धता उनले जनाए । ्
अहिलेको प्रदेश सरकारको यो अन्तिम आथिृक वर्ष भएको र अन्तिम बजेट चलाउने वर्ष भएकाले वीरगन्जको विकास निर्माणका लागि प्रदेश सरकारले बजेट दिने राउतले बताए । प्रदेश सरकारले वीरगन्ज विकास प्राधिकरण गठन गर्ने भन्दै राउतले त्यहि प्राधिकरणले महानगरसंग समन्वय गरेर आवश्यक सहयोग प्रदेश सरकारले गर्ने उनले बताए । उनले जनताको विश्वास र भरोसालाइ नटुट्ने गरि महानगरका नवनिर्वाचित जनप्रतिनिधीले आफना काम र गतिविधी अगाडि बढाउने विश्वास लिएको राउतले बताए ।


महानगरका विकृतिहरु जरै देखि उखेलेर फाल्न सांसद यादवको आग्रह


समारोहलाइ सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का सांसद एंव जसपा नेता प्रदीप यादवले वीरगन्जको विकास र वीरगन्जवासीको सेवामा मेयर सिंहसंगै आफु संगसंगै हिड्न तयार रहेको बताए ।
मेयर सिंहलाइ लक्षित गर्दै यादवले भने ,‘ कहा निर नाला जाम छ तपाइ कोदालो लिएर हिड्नुस् म पनि कोदालो बोेकेर संगसंगै हिड्छु , नाला सफा गर्छु ।
यादवले सबै भन्दा पहिले वीरगन्ज महानगरपालिका कार्यालयमा विद्यमान रहेका विकृतिहरु जरै देखि उखेलेर फाल्न सिंहलाइ आग्रह गरे ।
उनले जनताले गरेका अपेक्षा र भरोसा माथि अहिलेको नवनिर्वाचित नेतृत्व खरो रुपमा उत्रिने विश्वास आफुले लिएको बताए ।
वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निश्चछलराज पाण्डेको अध्यक्षतामा भएको समारोहमा पुर्व उपप्रधानमन्त्री एंव जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत ,प्रदेशका मन्त्री ओम प्रकाश शर्मा , प्रतिनिधीस्भा सदस्यहरु, प्रदेशसभा सदस्यहरु , राजनीतिक दलका जिल्ला अध्यक्षहरु , जिल्लाका सुरक्षा निकायका प्रमुखहरु ,सरकारी कार्यालयका प्रमुखका साथै वीरगन्जवासीको उल्लेख्य संख्यामा सहभागीता थियो ।

Related posts

बारा ४ को ख बाट प्रदेशसभा सदस्यमा युवा नेता लोकेश सिंह सिफारिस

MadhesKhabar

समग्र मधेस स्वायत्त एक प्रदेश बनाएरै छाड्छौं : पूर्वमन्त्री यादव

MadhesKhabar

मधेस: जनमतले सहमति अनुसार मन्त्रालय नदिए कांग्रेसको नेतृत्वमा सरकार बनाउने ३ दलको तयारी

MadhesKhabar

Leave a Comment