Madhes Khabar
Uncategorized

मेयर राजेशमानको घोषणा –परिवर्तनको अनुभुती जनताले नगरे सम्म सम्मान कार्यक्रममा जान्न

माधुरी महत्तो
वीरगन्ज,१२जेठः
वीरगन्ज महानगरका नवनिर्वाचित मेयर राजेशमान सिंहले वीरगन्जमा परिवर्तनको अनुभुती जनताले नगरे सम्म आफु कुनै पनि सम्मान कार्यक्रममा नजाने घोषणा गरेका छन् ।
बिहीबार साँझ वीरगन्जमा आयोजित सपथग्रहण समारोहलाइ सम्बोधन गर्दै सिंहले भने ,‘ कम्तिमा सय दिन म काम गरेर देखाउछु , कुनै सम्मान कार्यक्रममा म जान्न पनि र मलाइ कसैले सम्मान गर्न कार्यक्रममा नबोलाउनु होला पनि ।
जनताले काम गर्न नेतृत्वमा आफुलाइ चुनेको भन्दै सिंहले मेरो कामले वीरगन्जवासीले महानगरमा परिवर्तनको अभाष नगरे सम्म कहि पनि कुनै पनि कार्यक्रममा जितको सम्मान थाप्न नजाने उद्घोष गरे ।
सम्बोधनकै क्रममा नवनिर्वाचित मेयर सिंहले महानगरपालिकाका कर्मचारीहरुलाइ मेयर , उपमेयर र नेताको चाकरी गर्न छाड्न निर्देशन पनि दिए ।
उनले भने ,‘ हाकीम साब र कर्मचारीहरु यहि हुनुहुन्छ , नेताहरुको चाकडी गर्ने पुरानो परम्परा अहिले देखि छाडिदिनुस् , विकास र सुधार मेयर वा नेताको टोलमा होइन पहिले गरिब जनताको टोलमा कसरी हुन्छ त्यो अनुसार काम गर्नु होला ।
निर्वाचित भए लगत्तै आफुले सपथ लिएको २४ घढटा भित्रै वीरगन्जमा परिवर्तनको अनुभुती गराउने वाचा गरेको स्मरण गर्दै सिंहले भने ,‘ त्यो वाचा पुरा गर्छु , र त्यसको सुरुवात पनि भइसकेको छ ।
उनले आफुलाइ नगरपिता भनेर सम्बोधन नगर्न आग्रह गर्दै सम्पूर्ण नगरवासी आफनो मातापिात रहेकाले आफु भने जनताको सेवक रहेको बताए ।
सिंहले भने ,‘ मैले पहिले देखि भन्दै आएको छु राजेशमान जे बोल्छ त्यहि गर्छ , जे गर्छ त्यहि बोल्छ मेरो त्यो बोली अहिले पनि कायम छ ।
समृद्ध वीरगन्ज बनाउने आफनो लक्ष्य रहेकोेले यसमा नगरवासीको साथ र सहयोग चाहिने उनले बताए ।
सम्बोधनको शुरुवातमै उनले भने ,‘ मलाइ मेयरमा जिताएर जुन ऋण वीरगन्जवासीले म माथि लादेका छन् , त्यो ऋण म चुकाउन सक्छु कि सक्दिन भन्ने अन्यौलमा छु , तर वाचा गर्छु म जनताको भरोसा म टुट्न दिन्न , जनताको विश्वास प्रति म खरो उत्रिन्छु ।


अब वीरगन्जवासीसंग धोखा हुदैन – उपमेयर आलम


महानगरका नवनिर्वाचित उपमेयर इम्तियाज आलमले चुनावका बेला जनता सामु गरेका वाचाहरु , एक वर्ष भित्रै पुरा गर्ने प्रतिबद्धता जनाए ।
उनले भने ,‘ यसको अनुभुती नगरवासीलाइ हुन्छ । अग्रज नेताहरुले दिएको सुझावलाइ मनन् गरेर अगाडि बढ्ने उनले बताए । महानगरका जनताका साथ विगतमा भएको धोखा आउदो दिनमा नहुने भन्दै उनले भने ,‘ विगतको नेतृत्वबाट जुन धोका भयो जनतासंग अब त्यो धोका हुदैन जनताको इच्छा आकांक्षा पुरा गर्छौ विश्वास दिलाउन चाहन्छु ।

Related posts

हावाहुरीले पर्सामा ठूलो धनमालको नोक्सानी , कुखुरा फर्ममा आगलागी हुदा ५१ लाख क्षति

MadhesKhabar

पर्सामा रोकिएको मतगणना सुचारु गर्न निर्वाचन आयोगको निर्देशन

MadhesKhabar

सदस्यता विवाद नसुल्झिएसम्म पर्सामा पत्रकार महासंघको चुनाव हुन नदिने चेतावनी

MadhesKhabar

Leave a Comment