Madhes Khabar
मधेस प्रदेश

रौतहटको गरुडाको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

मधेस खबरवीरगन्ज,१२जेठ

रौतहटको गरुडा: नगरपालिकामा एमाले विजयी भएको छ ।

नगरपालिकाको मेयरमा एमालेका कन्थमतीप्रसाद कलवार निर्वाचित भएका छन् । कलवारले ४५६५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका बृज किशोर प्रसाद यादवले ४५२६ मत पाए ।

तेस्रो भएका जनता समाजवादीका अनिलकुमार यादवले ३३५१ र चौथो भएका माओवादीका सुरेन्द्रकुमार जयसवालले ३२२५ मत पाएका छन् । यस्तै, लोकतान्त्रिक समाजवादीका दिपक यादवले १०६३ मत पाए ।

उपमेयरमा भने  कांग्रेसकी पुनमकुमारी चौधरी ६७०३ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी विन्दुकुमारी देवीले ४४७७ मत ल्याइन् भने तेस्रो भएकी एकीकृत समाजवादीकी हिबजा खातुनले ४३६३ मत पाइन् । एमालेकी ज्ञानकला देवी साहले २५३९ र मावादीकी सकिला खातुनले २४८५ मत ल्याइन् ।

Related posts

राैतहटकाे दलित बस्तीमा विद्युत सर्ट भएर आगलागी हुदाँ २५ घर जलेर नष्ट

MadhesKhabar

बाराको देवतालमा लोसपाको विरासत ढाल्दै जसपा विजयी

MadhesKhabar

मधेसमा हत्या हिंंसाको घटना बढ्यो, सबै भन्दा बढी बारा जिल्लामा हत्या

MadhesKhabar

Leave a Comment