Madhes Khabar
मधेस प्रदेश

बाराको देवतालमा लोसपाको विरासत ढाल्दै जसपा विजयी

मधेसखबर
वीरगन्ज,०७जेठः
बाराको देवताल गाउँपालिकामा लोसपाको विरासत जसपाले खोसेको छ । देवताल गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा यसअघि निर्वाचित लोसपाका उम्मेदवारलाइ हराउदै जसपालका उम्मेदवार विजयी भएका हुन् ।
गाँउपालिका अध्यक्षमा जसपाका उदय प्रसाद यादव र उपाध्यक्षमा पनि जसपाकै सीतापति देवी यादव विजयी भएका हुन् ।
अध्यक्षमा निर्वाचित यादवले निकटतम प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार एंव निवर्तमान अध्यक्ष चन्दन सिंहलाई ६०१ मतले पराजित गरेका हुन् । नवनिर्वाचित अध्यक्ष यादवले ४१७६ मत पाउदा सिंहले ३५७५ मत मात्रै पाए ।
उपाध्यक्षमा निर्वाचित सीतापति देवीले ४२०२ मत ल्याउदा उनकी प्रतिद्वन्द्वी लोसपाकी रामपति देवीले भने ३०७६ मत प्राप्त गरेकी छन् ।

Related posts

धनुषामा रेलले किचिएर एक जनाको मृत्यु

MadhesKhabar

त्रिशुली दुर्घटनाका मृतकका परिवारलाई १/१ लाख राहत दिने मधेसका मुख्यमन्त्री सिंहको घोषणा

MadhesKhabar

रौतहटमा घाँस काट्न गएका बेला पानीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जनाको उद्धार

MadhesKhabar

Leave a Comment