Madhes Khabar
राजनीति

जित तर्फ बढ्दै राजेशमान, २९ हजार मत गन्न बाकी रहदा १५ हजारले अगाडि

मधेसखबर
वीरगन्ज, ०८ जेठ
: मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्तागठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंहले १५ हजार भन्दा बढिको अग्रता लिएका छन् ।
आइतबार बिहान ६.३० बजे सम्म ६५ हजार ५ सय ५३ मत गणना हुदा जसपाका उम्मेदवार राजेशमानले नेकपा एमालेका उम्मेदवार एंव निवर्तमान मेयर विजय कुमार सरावगी भन्दा १५ हजार ३ सय ३६ मत बढि पाएका छन् ।
राजेशमानले ३२ हजार १ सय ५८ मत पाउदा उनका निकटतम प्रतिद्धन्द्धी सरावगीले भने १६ हजार ८ सय २२ मत प्राप्त गरेका छन् । अब करिब २९ हजार मात्रै मत गन्न बाँकी रहदा १५ हजार भन्दा बढि मतले अग्रता लिएका राजेशमान विजयी हुने सम्भावना प्रबल भएको छ ।
मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गिरीश गिरीले भने २ हजार ३ सय ५९ मत प्राप्त गरेका छन् ।
उपमेयरमा भने गठबन्धनबाटै काँग्रेसका उम्मेदवार इम्तियाज आलमले २२ हजार १ सय ५ मतका साथ अग्रता लिइरहेका छन् ।
उपमेयरमा लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले ५ हजार २ सय ६६ , राप्रपाकी बिना जयसवालले ४ हजार १ सय ३४ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले २ हजार ९ सय ९५ मत पाएकी छन् । बैशाख ३० मा भएको निर्वाचनमा वीरगन्ज महानगरका ३२ वटै वडामा गरि ९४ हजार ६ सय मत खसेको थियो ।

Related posts

जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

MadhesKhabar

मन्त्रालय भागबण्डा टुंगियो, कांग्रेस र एमालेलाई कुन कुन ?

MadhesKhabar

चुनावी नतीजाले पर्सामा माओवादीको अस्तित्व संकटमा

MadhesKhabar

Leave a Comment