Madhes Khabar
समाचार

पर्सामा फेरि अर्का ३२ वर्षिय युवा गाउपालिका अध्यक्षमा निर्वाचत

मधेसखबर
वीरगन्ज, ०६ जेठः
पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा ३२ वर्षिय युवा विजयी भएका छन् । गाँउपालिका अध्यक्षमा एमालेका उम्मेदवार ३२ वर्षिय जसवन्त यादव निर्वाचित भएका हुन् ।
२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम र हालको जसपाले टिकट नदिएपछि स्वतन्त्र चुनाव लडेर चौथो स्थानमा सिमित हुन पुगेका यादवले यसपाली भने एमालेको उम्मेदवार बनेर जसपाकै उम्मेदवार एंव निवर्तमान अध्यक्ष प्रदीप् जयसवाललाइ १८३१ मतको फराकिलो अन्तरले हराउदै गाँउपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
यादवले ६६४१ मत पाउँदा जसपाका जयसवालले भने ४८१० मत ल्याएका छन् ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिएर गाँउपालिका अध्यक्षमा चुनाव लडेका यादव ९२४ मतका साथ चौथो स्थानमा रहेका थिए ।
सखुवाप्रसौनी गाँउपालिकाको उपाध्यक्षमा भने जसपाकी शर्मिला बिष्ट निर्वाचित भएकी छिन् ।नेकपा एमालेकी उम्मेदवार एंव निवर्तमान उपाध्यक्ष फुलमति कुमारी थरुनीलाई २१२ मतान्तरले पछि पार्दै बिष्ट बिजयी भएकी हुन् ।
बिष्टले ४ हजार ४ सय ६८ मत ल्याएकी छिन् भने निवर्तमान उपाध्यक्ष थरुनीले ४ हजार २ सय ५६ मत पाएकी छिन् ।
पर्सामा यसअघि जीराभवानी गाँउपालिकाको अध्यक्षमा काँग्रेसका ३२ वर्षिय अनोज चौधरी र कालीकामाइ गाँउपालिका अध्यक्षमा जसपाका २१ वर्षिय बशीष्ट गुप्ता निर्वाचित भइसकेका छन् ।

Related posts

पर्सामा वन्यजन्तु तस्करी प्रकरण : दुई प्रदेश सांसद सहित ४९ विरुद्ध मुद्दा दायर

MadhesKhabar

वीरगन्जको प्रतिमा चोकबाट लागू औषध चरेससहित सम्सुल पक्राउ

MadhesKhabar

भारतको विदेश मन्त्रालयले भन्यो : प्रिसा साह मृत्युप्रति दुखि छौं, घटनाबारे अनुसन्धान भइरहेकाे छ

MadhesKhabar

Leave a Comment