Madhes Khabar
अर्थतन्‍त्र

भुलन सर्राफले १ केजी सुन कालोबजारी गरेको आरोप

मधेसखबर
वीरगन्ज, ०६ जेठः
सुनचाँदी व्यवसायी संघ पर्साका अध्यक्ष भुलन प्रसाद सोनारले वीरगन्जका सुनचाँदी व्यवसायीको एक किलो सुन कालोबजारी गरेको आरोप सुनचाँदी व्यवसायी संघ मधेश प्रदेशका महासचिव प्रवेश सर्राफले लगाएका छन् । भुलनले व्यवसायीका लागि बैंकबाट निकालिएको सुन कालोबजारी गरेर बेचेको सुनचाँदी व्यवसायी संघ मधेश प्रदेशका महासचिव सर्राफले आरोप लगाएका हुन् ।
स्थानीय तहको निर्वाचन हुनुभन्दा ३ दिन अघि बैशाख २७ गते नेपाल सुनचाँदी व्यवसायी महासंघको सिफारिसका आधारमा बिके इंपोरियमको नाममा अध्यक्ष सर्राफले प्रभु बैंक वीरगन्ज शाखाबाट १ किलो सुन निकालेका थिए । वीरगन्जका सुनचाँदी व्यवसायीहरुलाई वितरण गरिनु पर्ने उक्त सुन अध्यक्ष भुलनले कालोबजारी गरेर बिक्रि गरेको महासचिव सर्राफको आरोप छ ।
सुनको अभाव खट्किरहेको अवस्थामा संघकै अध्यक्षले कालोबजारी गर्दा अन्य व्यवसायीहरुले चाहेको बेला पनि खरिद गर्न सक्ने अवस्था नरहेको व्यवसायीहरुले बताएका छन् ।सुनको कालोबजारीमा सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष शिबकुमार सर्राफको पनि संलग्नता रहेको धिरेन्द्र सर्राफले आरोप लगाएका छन् ।
यता पर्सा संघका महासचिव अनिल सर्राफले भने सुन निकालेपनि निर्वाचनका कारण वितरण गर्न नसकेको प्रतिक्रिया दिएका छन् । पर्सा संघका महासचिव सर्राफले अध्यक्ष भुलन उपचारका लागि भारतको लखनउमा गएको र वीरगन्ज फर्किने बित्तिकै उक्त सुन व्यवसायीहरुलाइ वितरण गरिने बताएका छन् ।

Related posts

अण्डाको भाउ अहिलेसम्मकै उच्च

MadhesKhabar

सुनको मूल्य १३ सयले घट्यो

MadhesKhabar

सुनकाे भाउ ताेलामा १ हजारले बढ्याे

MadhesKhabar

Leave a Comment