Madhes Khabar
अर्थतन्‍त्र

अण्डाको भाउ अहिलेसम्मकै उच्च

चितवन,१३पुसः लेयर्स कुखुरापालक किसानले अण्डाको भाउ अहिलेसम्मकै उच्च पाएका छन् । आज (शनिबार)देखि लागू हुनेगरी ठूलो अण्डाको मूल्य प्रतिपेटी अर्थात् ७ क्रेटको ३ हजार ६ सय रुपैयाँ र मझौलाको ३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

नेपाल लेर्यस कुखुरापालक संघका अध्यक्ष बिनोद पोखरेलका अनुसार कुखुरा पालक किसानले मूल्य बढेसँगै लागत मूल्य पाउने भएका छन् । पोखरेलका अनुसार जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, पर्यटक बढेको र स्कुल–कलेज सञ्चालनमा आएसँगै अण्डाको माग बढेकाले भाउ पनि बढेको हो ।

नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्न आउँछ । खुद्रा उपभोक्ता मूल्य अब प्रतिगोटा २२ रुपैयाँ ५० पैसा कायम भएको छ ।किसानको फार्ममा बूढो कुखुरा बिक्री भएसँगै धेरै किसान विस्थापित भएकाले नयाँ चल्ला हाल्न नसकेको उनको भनाइ छ । अण्डाको मूल्य बढेपछि किसान उत्साहित बनेका उनले बताए ।

Related posts

प्रधानमन्त्री ओलीसंगै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अग्रवालपनि चीन प्रस्थान

MadhesKhabar

बदनाम भएका जनार्दन शर्मा नै फेरि अर्थमन्त्री

MadhesKhabar

वीरगन्ज चिनी कारखानासहित बन्द उद्योगहरु चलाउन भारतकाे टाटा समूह इच्छुक

MadhesKhabar

Leave a Comment