Madhes Khabar
अर्थतन्‍त्र

सुनकाे भाउ ताेलामा १ हजारले बढ्याे

काठमाडौं,२जेष्ठ:नेपाली बजारमा सुनको भाउ आज बुधबार एकै दिन तोलामा १ हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाकाे १ लाख ३८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो मंगलबार सुनको भाउ तोलाको १ लाख ३७ हजार ४ सय रुपैयाँ रहेको थियो ।

पछिल्ला केही दिनयता सुनको भाउमा उतारचढाव भइरहेको छ । हिजो सुनको भाउ सात सय रुपैयाँले घटेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलाको ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा १ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Related posts

वीरगन्ज नाकाबाट मोटरसाइकल पार्टपुर्जाको आयात तीन गुनाले बढ्यो

MadhesKhabar

नेपालले ६ महिनामै बेच्यो अमेरिकालाई १ अर्ब १४ करोड रुपैयाँकाे छुर्पी

MadhesKhabar

सुनको भाउले नाघ्यो २ लाख ७० हजार

MadhesKhabar

Leave a Comment