
माधुरी महत्तो
वीरगन्ज, ०२ बैशाख : स्थानीय तह निर्वाचन अन्तर्गत पर्सामा जारी मतगणनामा सोमबार साँझ सम्म २५ वटा वडाको अन्तिम नतीजा सार्वजनिक भएको छ ।
जस मध्ये एमालेले १० , काँग्रेसले १० , जसपाले ४ र लोसपाले १ वटामा वडा अध्यक्ष जितेको छ ।पर्साको १४ वटा पालिकामा गरि कुल ११२ वटा वडा रहेका छन् ।
एमालेले जितेका वडाहरु
पर्साको पोखरीया नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेकपा एमालेका प्रमोद गिरी विजयी भएका छन् । उनले ४४७ मत पाएका हुन् । उनका निटकतम प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवार राजु गिरीले २६७ मत मात्रै प्राप्त गरे ।
पर्साको पोखरीया नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा एमालेका केदार महत्तो चाइ विजयी भएका छन् । उनले ५८४ मत पाएका हुन् । उनका निटकतम प्रतिद्धन्द्धी नेपाल सुसासन पार्टीका सुरेन्द्र यादवले ४१८ मत मात्रै प्राप्त गरे ।
पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा एमालेका दिनेश यादव विजयी भएका छन् । ७७१ मतका साथ उनी वडाअध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी जसपाका वीरेन्द्र साहले ५६० मत मात्रै प्राप्त गरेका छन् ।
पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ को वडाअध्यक्षमा नेकपा एमालेका रामकपुर खवास निर्वाचित भएका छन् । खवास ७०४ मतका साथ वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका विकेश राय थारुले २०८ मत प्राप्त गरेका छन् ।
पर्साको पर्सागढी नगरपालिका वडा नम्बर २ को वडाअध्यक्षमा नेकपा एमालेका वीरेन्द्र प्रसाद महत्तो थारु निर्वाचित भएका छन् । थारु ८३३ मतका साथ वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका घनश्याम चौधरीले ४०५ मत प्राप्त गरेका छन् ।
पर्साको ठोरी गाँउपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार धनमान थापा विजयी भएका छन् । उनले ६५१ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवार नवराज फुयाँलले ६३० मत पाए ।
पर्साको जीराभवानी गाँउपालिका वडा नम्बर १ को वडाअध्यक्षमा नेकपा एमालेका उम्मेदवार रामशरण खवास थारु विजयी भएका छन् । १ हजार २ सय ८८ मतका साथ वडा अध्यक्षमा खवास निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार शेख नुमान आजमले ९ सय ३३ मत मात्रै प्राप्त गरेका छन् ।
जीराभवानी गाँउपालिका वडा नम्बर २ को वडाअध्यक्षमा नेकपा एमालेका उम्मेदवार महादेव महत्तो थारु विजयी भएका छन् । ८७७ मतका साथ वडा अध्यक्षमा थारु निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार बर्मानन्द चौधरीले ७६२ मत मात्रै प्राप्त गरेका छन् ।
पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेकपा एमालेका फरमान मिया निर्वाचित भएका छन् । मिया ५२३ मतका साथ वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार सुलेमान मिया दर्जीले ३८४ मत प्राप्त गरेका छन् ।
पर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर १ को वडाअध्यक्षमा नेकपा एमालेका बासुदेव महत्तो थारु निर्वाचित भएका छन् । थारु १२१५ मतका साथ वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी जसपाका अशोक साहले १०८२ मत प्राप्त गरेका छन् ।
काँग्रेसले जितेका वडाहरु
पर्साको पोखरीया नगरपालिका वडा नम्बर १० को वडा अध्यक्षमा काँग्रेसका सोनालाल साह गोढ विजयी भएका छन् । उनले ४५७ मत पाएका हुन् । उनका निटकतम प्रतिद्धन्द्धी एमालेका बुद्धि नारायण कुर्मीले ३८७ मत मात्रै प्राप्त गरे ।
पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा काँग्रेसका प्रमोद यादव विजयी भएका छन् ।५७० मतका साथ उनी वडाअध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका मनोज रााउत अहिरले ५४२ मत मात्रै प्राप्त गरेका छन् ।
पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा काँग्रेसका जितेन्द्र पटेल विजयी भएका छन् । १२५० मतका साथ उनी वडाअध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी जसपाका मनोज पटेलले १०७७ मत मात्रै प्राप्त गरेका छन् ।
पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार कामेश्वरप्रसाद यादव विजयी भएका छन् । उनले ७२९ मत प्राप्त गरेका हुन् ।उनका निकटम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका रामपुकार यादवले ६ सय ४२ मत ल्याएका हुन् ।
पर्साको ठोरी गाँउपालिका वडा नम्बर २ को वडा अध्यक्षमा काँग्रेसका अमृतकृष्ण सापकोटा विजयी भएका छन् । ६२३ मतका साथ उनि वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका नर बहादुर क्षेत्रीले ५७१ मत पाए ।
पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाली काँग्रेसका विजय गैरे निर्वाचित भएका छन् । गैरे ८१३ मतका साथ वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार महम्मद नौशाद आलमले ५५२ मत प्राप्त गरेका छन् ।
पर्साको धोबिनी गाँउपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा काँग्रेसका उम्मेदवार बन्धु साह तेली निर्वाचित भएका छन् । तेलीले ५७४ मत पाएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी जसपाका उम्मेदवारले ४७७ मत मात्रै पाएका हुन् ।
पर्साको धोबिनी गाँउपालिकाको वडा नम्बर ३ को वडा अध्यक्षमा काँग्रेसका राजकिशोर प्रसाद कुर्मी निर्वाचित भएका छन् ।कुर्मीले ५७० मत पाएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी लोसपाका समसुल हक मिया तेलीले ४९५ मत मात्रै पाएका हुन् ।
पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मी साह तेली विजयी भएका छन् । उनले ७१८ मत प्राप्त गरेका हुन् ।उनका निकटम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका गोरा महत्तो थारुले ४१६ मत ल्याएका हुन् ।
पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका विनोद मेहता विजयी भएका छन् । उनले १०७३ मत प्राप्त गरेका हुन् ।उनका निकटम प्रतिस्पर्धी एमालेकी रम्भादेवी सहनीले ८२० मत ल्याएकी हुन् ।
जसपाले जितेका वडाहरु
पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ को वडा अध्यक्षमा जसपाका रियाज अहमद मिया विजयी भएका छन् । वडा अध्यक्षमा निर्वाचित मियाले १०९९ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बासदेव राउत अहिरले ९५२ मत मात्रै पाए ।
पर्साको बिन्दबासनी गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा जसपाका अक्षयलाल महतो निर्वाचित भएका छन् । महत्तो ३७९ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार सागीर मियाले भने २७१ म्त मात्रै प्राप्त गरेका छन् ।
पर्साको कालीकामाइ गाँउपालिका वडा नम्बर १ को वडाअध्यक्षमा जसपाका लालबाबु चौरसीया निर्वाचित भएका छन् । उनि १४१८ मत प्राप्त गरि वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका उम्मेदवारले १२११ मत मात्रै प्राप्त गरेका छन्
।
पर्साको धोबीनी गाँउपालिका वडा नम्बर २ को वडाअध्यक्षमा जसपाका देवेन्द्र प्रसाद कुर्मी निर्वाचित भएका छन् । कुर्मी ८७५ मतका साथ वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली एमालेका उम्मेदवार नन्दलाल प्रसाद पटेलले ४९१ मत प्राप्त गरेका छन् ।
लोसपाले जिजेकत वडाहरु
पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ को वडाअध्यक्षमा लोसपाका नितेश मिश्र निर्वाचित भएका छन् । मिश्र ६२३ मतका साथ वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका मोहम्मद मेराजुदिनले ५४६ मत प्राप्त गरेका छन् ।

